site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा दुई समूहबीच खुकुरी हानाहान भएको छ । बेलौरी बजारबाट चार किलोमिटर पूर्व दक्षिणमा पर्ने गोकुलपुरमा शनिबार बेलुकी दुई समूहबीच खुकुरी हानाहान भएको हो । स्थानीय एक पुल हाउसमा भएको खुकुरी हानाहानमा बेलौरीका सुरेश खड्का, पुष्प कुँवर, सुरेन्द्र शाही र सुदीप खड्का घाइते भएका छन् । 

घाइते मध्ये सुरेशलाई काठमाडौं, पुष्प र सुरेन्द्रलाई कोहलपुर थप उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार सामान्य घाइते सुदीपलाई सेती अञ्चल अस्पतालले उपचारपछि घर पठाएको छ । 

Agni Group
NIC Asia

कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले यूवाहरुको छुट्टाछुट्टै समूहबीच पुल हाउसमा कुटाकुट भएको पुष्टि गरेपनि खुकुरी भने हानाहान नभएको प्रतिक्रिया दिएका छन् । ‘‘कुटपिटबाट चार जना घाइते भएका छन्, चोट त गहिरो गरी लागेको छ तर खुकुरी प्रहार नै भन्न सकिन्न ।’’ उनले भने । 

घाइते भएका यूवाहरुको उपचार भइरहेको र हान्ने समूह फारार रहेकाले झगडाको कारण खुल्न नसकेको उनको भनाइ छ । प्रहरी नायव उपरीक्षक सेठीले कुटपिटमा संलग्न समूहको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको बताए ।    
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu