site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले काठमाडौंमा कार्यक्रमबीच उक्त सेवा केन्द्रको शुभारम्भ गरेका थिए । 

कार्यक्रममा राज्यमन्त्री बिष्टले टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरूपमा विश्वस्त भएतापनि ग्राहकसँग निरन्तर नजिक हुनका लागि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप सहयोग पु¥याउने विश्वास ब्यक्त गरे । समय सापेक्ष नयाँ प्रविधि भित्र्याए ग्राहकहरू समेत सन्तुष्ट हुने उनको भनाइ थियो । 

KFC Island Ad
NIC Asia

त्यस्तै मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले टेलिकमका सामु भएका विविध चुनौतीहरुलाई अवसरमा बदल्न ग्राहकको गुनासोलाई सम्बोधन गर्न केन्द्रले सहयोग पुर्‍याउने बताए । 

ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाइ राख्नका लागि सो सेवा केन्द्र महत्वपूर्ण हुने कम्पनीको भनाइ छ । 
यस प्रकारको सेवा पहिलेदेखि नै सञ्चालनमा आए पनि अहिले नयाँ व्यवस्थापनमा सञ्चालन ल्याएको जनाइएको छ । 

Royal Enfield Island Ad

टेलिकमका अनुसार १९७ मार्फत हुने सोधपुछ सेवा नयाँ संरचनाबाट सञ्चालनमा ल्याइएको हो । वायरलाइन ग्राहक सेवाका लागि १९८ र ‘जीएसएम’ तथा ‘सीडीएमए’ मोबाइल ग्राहक सेवाका लागि १४९८ नम्बरमा डायल गरी उक्त सेवा ग्राहकहरुले लिन सक्नेछन् । सेवामार्फत टेलिकम सम्बन्धी गुनासा, जिज्ञासा तथा आवश्यक जानकारी लिन ग्राहकहरूले सक्नेछन् । सेवा निःशुल्क उपलब्ध हुने बताइएको छ । 

हालसम्म टेलिफोनबाट मात्र सेवाहरु दिइरहेकोमा उक्त सेवा केन्द्रबाट छिट्टै नै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १८:१६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro