site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘कामको बोझ’ले निम्त्याउन सक्छन् तनावसम्बन्धी रोग  

काठमाडौं । पछिल्लो समय टिन एजका बालबालिका र जागिरे व्यक्तिमा विभिन्न तनावले टाउको दुख्ने गरेको पाइएको छ । धेरै घण्टासम्म ड्युटी गर्ने व्यक्तिमा तनावज्य टाउको दुखाई बढी देखिएको विशेषज्ञहरू बताउँछन् । 

नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डे वर्कप्लेस टक्सिक इन्भारमेन्टले मानसिक तनावजन्य रोग निम्त्याएर अप्रिय घटनासमेत भइरहेको बताउँछन् । उनका अनुसार कार्यास्थलको कामको बोझ र वातावरण वर्कप्लेस टक्सिक इन्भारमेन्ट हो । यस्तो वातावरणमा काम गर्ने व्यक्तिमा एन्जाइटी, टेन्सन हेडेक बढी हुन्छ । 

Dabur Nepal
NIC Asia

कार्यस्थलको कामको लोडलाई धान्न नसक्दा कतिपय अप्रिय घटनासम्म भएका छन् । डा. पाण्डेका अनुसार सामान्यतः विकसित मुलुकमा ६ देखि ८ घण्टाभन्दा बढी ड्युटी आवर हुँदैन । यही ड्युटी आवर भएका मुलुक नै खुसी राष्ट्रको सूचकांकमा अगाडि छन् । मानसिक स्वास्थ्य समस्या पनि ती देशमा कम छ । 

कतिपय अवस्थामा व्यक्तिको कामप्रतिको मोह, क्षमता आदिले पनि खुसी र सन्तुष्टि निर्धारण गर्ने उनको भनाइ छ । तर, सबैलाई एउटै वर्गमा राखेर कामको अधिक लोड दिनु उचित नहुने उनको धारणा छ । 

तोकिएको अवधिसम्म काम गर्न सहज छ की छैन, उसको क्षमता कति हो ? मानसिक अवस्था कस्तो छ भन्ने रोजगारदाताले विचार गर्र्नु आवश्यक हुने उनको भनाइ छ ।  

“व्यक्तिलाई १२ घण्टा ड्युटी गराउनुभन्दा ८ घण्टामा दिएको कामको गुणस्तर राम्रो हुन्छ । यो रिसर्चले पुष्टी गरेको तथ्य हो,” उनी भन्छन्, “थोरै समयमा उत्पादकत्व बढी हुन्छ । निश्चित समयमा ब्रेन थाक्छ र कामको गुणस्तरमा ह्रास आउँछ ।”

ड्युटी गरिरहने व्यक्तिको काममा प्रेम र लगाव कति छ ? त्यसमा विचार गर्नुपर्ने उनी बताउँछन् । पैसाको लागि मात्रै काम गर्नेभन्दा भित्रैदेखि इच्छा राखेर काम गरे त्यो तनावमुक्त हुनसक्ने उनको धारणा छ । 

यसबाहेक कार्यस्थलको वातावरण र आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्नेमा उनको जोड छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro