site stats
बाह्रखरी :: Baahrakhari
कला
काठमाडौंमा ‘कन्दरा’को कन्सर्ट 

काठमाडौं । कन्दरा ब्यान्डले काठमाडौंमा ऐतिहासिक कन्सर्ट गर्दै ३२ औं वर्षगाँठ मनाएको छ । शनिबार ‘काठमाडौं कलिङ कन्दरा’नाम दिइएको कन्सर्टमा ठूलो संख्यामा दर्शकको सहभागिता थियो । 

काठमाडौंको क्लब एलओडीमा भएको कन्दराकै पहिलो काठमाडौं कन्सर्टमा फरक उमेर समूहका दर्शक सहभागी थिए । 

कन्दरा कन्सर्टको आरम्भ गायक देवेन्द्र बब्लु र फिरन्तेको सांगीतिक प्रस्तुतिबाट भएको थियो । 

कन्दरा गायक विवेक श्रेष्ठ, गितारवादक देव लामा, बेसिस्ट पंकज झा, ड्रमर सुनील थापा, मादलवादक अविनाश गायक र किबोर्डवादक नील घतानीको लाइनअप थियो । 

‘तगारोमा रुमाल राखी बाटो छेकिन उनले’ पहिलो गीतबाटै गायकलाई साथ दिएका स्रोताले त्यसपछिका ‘तिमी परी’, ‘लेककी हे माया’, ‘विदेशिएर गइन् उनी’, ‘हङकङ पोखरा’जस्ता चर्चित गीतमा गुनगुनाएर साथ दिएका थिए । 

‘अझ’, ‘तिमी पारि’ र ‘हङकङ पोखरा’जस्ता गीत त दर्शकले वान्स मोर भनेका कारण विवेक श्रेष्ठले दोहोर्याएर गाएका थिए । 

आफ्ना गीतसँगसँगै कन्दराले गोपाल योञ्जन, रञ्जित गजमेरलगायत पिुराना पुस्ताका गीतसमेत गाएर आधुनिक तथा लोकस्रष्टामा सम्मानसमेत प्रस्तुत गरेको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । गायक श्रेष्ठले कन्दराको कन्सर्ट नेपाली संगीत र संस्कृतिको उत्सव भएको बताए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्