site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लाल आयोगको प्रतिवेदन कार्यान्वयन गरिने, उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोडिने

काठमाडौं । सरकारले विद्युत् महसुलसम्बन्धी विवाद समाधानका लागि लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिषचन्द्र लाल संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

उनका अनुसार, बैठकले उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन घटेको, राजस्व संकलनमा असर परेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर पारेकाले विद्युत् लाइन सुचारु नभएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ । 

त्यसैगरी, डेडिकेटेड र ट्रंकलाइन विवादमा १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युत्‌को बक्यौता रकम बिलअनुसार असुल गर्ने निर्णय बैठकले गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  २२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro