site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस भन्छ– निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक 
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस) । सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्तिबीच भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट काँग्रेसले आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेसका शीर्ष तथा प्रभावशाली केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिस्ट पार्टीहरूबीच आज भएको एकताको कदमलाई अस्वभाविकरुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
कम्युनिस्ट पार्टीहरूबीचको एकताले निर्वाचनलाई असर पर्न सक्ने आशंका व्यक्त गर्दै उनले भने, “निर्वाचन यही सरकारले गराउँछ ।”

सत्तामा रहेको माओवादी केन्द्रले लिएको कदमलाई नेता निधिले गम्भीर एतिहासिक राजनीतिक भुल भएको बताए ।
यस कदमले माओवादीलाई राजनीतिकरुपमा ठूलो क्षति हुने उनको भनाइ छ ।

Global Ime bank

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री देउवाले सरकारमा सँगै छौँ, चुनावमा तालमेल गर्न पनि तयार छौँ भनेको नेता निधिले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १८, २०७४  ०६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय