राजनीति
पर्सा । पर्साको पोखरिया नगरपालिकाको प्रमुखमा नेपाली जनता दल र उपप्रमुखमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।
जनता दलका दीपनारायण रौनियार ९मन्टु०ले तीन हजार २६ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका प्रद्युन चौहानले दुई हजार ७६७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै उपप्रमुखमा फोरम नेपालका सलमा खातुनले दुई हजार ७०४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनता दलकी बिनादेवी बैठाले दुई हजार ४९५ मत प्राप्त गरेका छन् । रासस
प्रकाशित मिति: शनिबार, असोज ७, २०७४ १६:०५
प्रतिक्रिया दिनुहोस्