site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
SkywellSkywell

काठमाडौं । राष्ट्रिय कराते प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । नेपाल कराते महासंघले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । 

कात्तिक २३ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिमले सहभागिता जनाउने छन् । महिला १०० र पुरुष ११० गरी जम्मा २१० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ७ तथा दुवैतर्फ एकल र टिम कातामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । 

Dabur Nepal
NIC Asia

महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ केजी मुनी र ६८ केजी तौल समूह माथि रहेका छन् । त्यस्तै, पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजी मुनी र ८४ केजी माथि तौल समूह रहेका छन् ।

प्रत्येक तौल समूहबाट एक–एक जना र कातातर्फ गरी २१ जना उत्कृष्ट खेलाडी राष्ट्रिय टिममा छनोट हुनेछन् । प्रतियोगितामा भाग लिनका लागि सबै प्रदेशमा छनोट खेल हुने पनि आयोजकले जानकारी दिएको छ । 

२०१८ मा हुने १७ औं एसियाली खेलकुद प्रतियोगिता, २०१९ मा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता र २०२० मा हुने ओलम्पिक खेलुकदलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका संयोजक दिपक श्रेष्ठले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu