काठमाडौं । उत्तर कोरियाले अमेरिकामाथि जुनसुकै बेला हाइड्रोजन बम हान्न सक्ने बताइएको छ ।
उत्तर कोरिया विशेष प्रतिनिधि एलेक्जेन्ड्रो काओ डि बेनोले जुनसुकै बेला उत्तर कोरियाले अमेरिकामाथि हाइड्रोजन बम हान्न सक्ने बताएको बीबीसीले जनाएको छ ।
उनले त्यतिमात्रै होइन, उत्तर कोरिया अमेरिकाको जुनसुकै शहरलाई निशाना बनाउन सक्ने क्षमतामा रहेको बताए । परमाणु परीक्षणपछि उत्तर कोरियाले जापानतर्फ दोहोर्याएर क्षेप्यात्र प्रहार गरिसकेको छ ।
एलेक्जेन्ड्रोले बीबीसीसँगको कुराकानीमा भनेका छन्– अमेरिकाका सबै बैज्ञानिकलाई यो थाहा भैसकेको छ कि उत्तर कोरियाले बनाएको बम कति क्षमतावान छ भन्ने कुरा । यसले ४ हजार किलोमिटरसम्म हान्न सक्छ । यस्तो अवस्थामा अमेरिकाका जुनसुकै शहरमा पनि प्रहार गर्न सकिनेछ ।