site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

जाजरकोट । जिल्लाको बारेकोट क्षेत्रमा दशैंमा समेत चामल अभाव हुने भएको छ । 

चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डिपोमा दशैंअघि चामल पुग्ने अवस्था छैन । बारेकोट गाउँपालिका तोलखाना, धौलाकोट, रोकायगाँउ, मूल्यमा, जिरी, समाकोट, गोठगाउँलगायतका गाउँमा खाद्य संकट परेको छ । 

Agni Group
NIC Asia

गाउँमा किनेर खान पनि अन्न छैन । गाउँमै उत्पादित अन्नले वर्ष दिनमा ६ महिना समेत खान पुग्दैन । बाँकी महिना खाद्य संस्थानकै चामलको भर पर्नुपर्छ । यातायात असुविधा र बाटोघाटो निकै अफ्ठ्यारो भएकाले निजी क्षेत्रका व्यापारीले बिक्रीको लागि चामल नलिँदा थप समस्या भएको हो । 

यतिबेला चामलको माग अत्यधिक छ । तर डिपो रित्तै छ । खाद्य संस्थानले चालु आर्थिक वर्ष २०७४–७५ को चामल ढुवानीको लागि बोलपत्र आह्वान गरी सपना एण्ड सरोज कन्सट्रक्सन सेवा खलंगा– २ का नाममा ठेक्का स्वीकृत गरिसकेको जनाएको छ । 

Global Ime bank

तर १५ दिने सूचना जारी गरेर सल्लायर्सलाई ठेक्का सम्झौताको लागि संस्थानले बोलाएको छ । सप्लायर्सलाई १५ दिनभित्र ठेक्का सम्झौता गर्ने म्याद दिइएको छ । सो म्यादको अन्तिम मिती असोज ७ मा पुग्छ । असोज ५ गतेदेखि दशैँ शुरु भइहाल्छ । ठेक्का सम्झौता गर्ने बित्तिकै ठेकेदार कम्पनीले ढुवानी गर्नेमा आशंका छ । 

“हामीले दशैंअघि बारेकोटमा चामल पुर्याउने कोसिस गरिरहेका छौं,” खाद्य संस्थानको वितरण महाशाखाका विभागीय प्रमुख सुरेन्द्रराज विष्टले भने । सदरमुकाम खलंगामा गत वर्षको मौज्दात पाँच सय क्वीन्टल चामल डिपोमा पठाउन जिल्लालाई निर्देशन दिएको विष्टले बताए । 
अहिलेसम्म ढुवानीको कुनै प्रक्रिया थालनी भएको छैन । खाद्य संस्थानका प्रमुख धर्मबहादुर बस्नेत जिल्ला बाहिर छन् ।  निमित्त प्रमुख रामप्रसाद पौडेल आफूलाई यसबारे जानकारी नभएको बताउँछन् । 
सप्लायर्सले आगामी असारभित्र एक हजार क्वीन्टल चामल सदरमुकामबाट गाउँका डिपोसम्म ढुवानी गर्ने जिम्मा लिएका छन् । प्रति क्वीन्टल चामल एक हजार ४७५ मा ढुवानी गर्ने गरी बिहीबार ठेक्का स्वीकृत भएको छ । बाटो बिग्रेकाले यतिबेला सदरमुकामबाटै घोडा खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता छ । 

तिहारपछि बाटो मर्मत भई आधा बाटोसम्म ट्याक्टर चल्ने भएकाले त्यतिखेर ठेकदारलाई ढुवानीमा सस्तो पर्ने हुन्छ । तत्काल ठेकदारले चामल ढुवानी गर्नेमा स्थानीयवासीले आशंका गरेका छन् । सदरमुकामबाट बारेकोटसम्म खच्चडमार्फत ढसवानी गर्दा प्रतिक्वीन्टल दुई हजार तिर्नुपर्छ । बारेकोट गाउँपालिका– ४ का वडाध्यक्ष सिर्जना बस्नेतले दशैँ अघि चामलको व्यवस्था गर्न सरकारसँग माग गरे । 
रासस 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय