site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Global Ime bankGlobal Ime bank
नेपालमा चिनियाँ तस्करको दबदबा, सुन तस्करको ‘ट्रान्जिट प्वाइन्ट’ बनाइँदै
SkywellSkywell

बाह्रखरीमो सोमबार बिहानै प्रकाशित राजधानीमा ८८ किलो सुन बरामद भएको खबरलाई मंगलवारका अधिकांश पत्रिकाले निकै महत्त्वका साथ पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । देशको प्रशासन तथा सुरक्षा संयन्त्रमा अव्यवस्था, विसङ्गति र भ्रष्टाचार बढेपछि तस्करी मौलाउने गर्छ । सबै देशका तस्करहरू मुलुकको प्रशासनिक व्यवस्थामा रहेका छिद्र खोज्दै तिनैमा टेकेर आफ्ना गतिविधि अगाडि बढाउँछन् र यस्तो काममा नैतिकरूपमा कमजोर शासक प्रशासकहरू सहयोगी भइदिन्छन् । नेपालमा केही समययता आइरहेका अनेकौं समाचारहरूले यही अवस्थाको संकेत गरेका छन् । राजधानीमा ८८ किलो सुन बरामद भएको पछिल्लो घटना पनि नेपालको राजनीतिक–प्रशासनिक क्षेत्रमा मौलाउँदै गएको भ्रष्टीकरणसँगै जोडिएको छ । 

कान्तिपुरमा मुख्य खबर बनेको ‘८८ केजी अवैध सुन बरामद, रसुवाबाटै पछ्याएको प्रहरीले मालिक निस्किएपछि मात्र समात्यो’ शीर्षक जनकराज सापकोटालिखित समाचारमा केरुङ नाकाबाट १७ वटा सुरक्षा चेकपोस्ट छल्दै काठमाडौं भित्र्याइएको ८८ केजी अवैध सुन सोमबार बरामद भएको उल्लेख छ । समाचारअनुसार सुन बोकेको गाडीलाई रसुवाबाटै पछ्याएको प्रहरीले मालिक निस्किएपछि मात्र समातेको हो । समाचारमा बजारमूल्य करिब ४३ करोड २ लाख रुपैयाँ रहेको उक्त सुन महानगरीय अपराध महाशाखाको टोलीले राति २ बजे काठमाडौं क्षेत्रपाटीस्थित होटल ‘काठमाडौं वन’ छेउमा पार्किङ गरेको गाडीबाट बरामद गरेको र त्यसक्रममा चालक मकवानपुरगढी गाउँपालिका ५ घर भएका २४ वर्षीय मनोज अधिकारीमात्र पक्राउ परेको लेखिएको छ । 

समाचारमा २०७० असारयता सुन बरामद भएका ठूला घटनाहरूको विस्तृत विवरणसमेत छ । उक्त विवरण हेर्दा यसअघि २०७० असार, २०७२ चैत, २०७३ मंसिर, पुस र माघमा सुन बरामद भएका ठूला घटनाहरू घटेको देखिए पनि सबैभन्दा धेरै सुन यस वर्षको यही भदौ महिनामा बरामद भएको देखिन्छ । भदौ महिनामा मात्र ९३ किलो सुन बरामद हुनुले तस्करीको बढ्दो प्रवृत्तिलाई संकेत गर्छ । 

Dabur Nepal
NIC Asia

अन्नपूर्ण पोस्टमा पनि सुन्दर खनाल, सुवास गोतामे र लोकेन्द्र प्रसाईंले लेखेको सुन बरामदसम्बन्धी  समाचार नै मुख्य बनाइएको छ । समाचारअनुसार ८८ किलो सुन बरामद हुनुसँगै नेपाललाई ट्रान्जिट बनाई तस्करी गर्दै आएका चिनियाँ तस्कर सञ्जालबारे नयाँ खुलासा भएको छ । समाचारअनुसार पर्यटन व्यवसायको आवरणमा ठमेललाई स्टेसन बनाई ५० वर्षीय चिनियाँ नागरिक वान विई मिङले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा तस्करी सञ्जाल सञ्चालन गर्दैआएका छन् । मिङ आफ्नी पत्नी याङ वेन विङसहित घटनालगत्तै फरार छन् भने सुन लोड गरिएको गाडीका चालक पक्राउ परेका छन् । समाचारमा केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलो सुनसहित चिनियाँ तस्करी सञ्जालकै ७ जनालाई पक्राउ गरेको साता नबित्दै अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणमा सुन बरामद भएको उल्लेख छ । सोही समाचारअन्तर्गत ‘को हुन् मिङ’ उपशीर्षकमा सुन तस्करीका नाइके मिङ दम्पत्तिको परिचय दिइएको छ । चीनको सांघाईनिवासी मिङ सन् २००६ मा सपरिवार नेपाल छिरेको र त्यसयता नेपालमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेको साथै महिनामा ३–४ पटक चीन ओहोरदोहोर गर्ने क्रममा तस्करी सुरु गरेको समाचारमा उल्लेख छ । 

राजधानीमा पनि यही समाचार नै मुख्य बनेको छ । ‘चिनियाँ व्यापारीको संलग्नतामा सुन तस्करी’ शीर्षक टपेन्द्र कार्कीलिखित उक्त समाचारअनुसार बा १७ च ६४२७ नम्बरको टाटा कम्पनीको गाडीमा भीआईपीको लोगो प्रयोग गरी भित्री भागमा फल्स बटन बनाएर सुन लुकाई काठमाडौं ल्याइपुर्याइएको थियो र यसलाई भारततर्फ लैजान थालिएको थियो । राजधानीको मुख्य समाचारअन्तर्गत ‘यस्तो छ तस्करीको जालो’ उपशीर्षकको एक अर्को समाचारमा नेपालमा रहेको तस्करीको तीन तरेली जालोको विवरण दिइएको छ ।

हिमालय टाइम्समा सुदर्शन आचार्यले लेखेको ‘८८ किलो सुन बरामद, ओसारपसारमा संलग्न एकजना पक्राउ’ शीर्षक समाचार मुख्य छ भने नागरिकमा ‘८८ केजी सुन बरामद, केरुङ बन्यो मुख्य नाका’ शीर्षकमा केपी ढुंगानालिखित समाचार सामान्य महत्त्वका साथ प्रकाशित छ । 

नागरिकले यो समाचारलाई केही टिप्पणीका साथ लेखेको छ । समाचारमा भनिएको छ, ‘‘भारतले लगाएको अघोषित नाकाबन्दीपछि चीनतर्फका नाका सहज बनाउने सरकारी निर्णयअनुसार सडक र भौतिक पूर्वाधार निर्माणमा सरकार सक्रिय भए पनि नाका सहज बन्न सकेको छैन । तर, सरकारभन्दा एक कदमअगाडि बढ्दै तस्करहरूले केरुङलाई सुन र डलर तस्करीको मुख्य नाका बनाइसके ।’’

नेपाली राजनीतिको चाँदीको घेरा : भ्रष्टाचारीको राजनीति सदाका लागि समाप्त
 

नेपाली राजनीतिमा सबैकुरा नराम्रामात्र छैनन् । पैसाको राजनीतिले मुलुक, व्यवस्था र राजनीतिक नेतृत्वको अधोपतन हुँदै गएकै बेला त्यसलाई रोक्ने प्रयास पनि भैरहेका छन् । यसको पछिल्लो उदाहरण हो – व्यापक मन्थन र वादविवादपछि पारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक । यो विधेयक पारित हुनुसँगै नेपाली राजनीतिमा बढेको आपराधिक प्रवृत्ति र गुण्डा संस्कृतिको वर्चस्व केही न्यून हुने आकलन गरिएको छ । 

अन्नपूर्ण पोस्टमा प्रकाशित ‘पाखा लागे भ्रष्टाचारी, प्रतिनिधिसभा र प्रदेशसभा विधेयक पारित’  शीर्षक समाचारअनुसार भ्रष्टाचारमा मुछिएका नेताको उम्मेदवार बन्ने बाटो सदाका लागि बन्द गर्दै संसद् बैठकले सोमवार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै निर्वाचन आयोगलाई मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी गर्न बाटो खुलेको छ । 

पारित विधेयकअनुसार अब भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ठहर भई सजाय भोगेका व्यक्ति प्रदेश र संघीय संसद्को चुनावमा उमेदवार बन्न पाउँदैनन् । 

तस्बिर समीक्षा
 

अन्नपूर्ण पोस्ट,  कान्तिपुर र राजधानीमा सोमबार बरामद भएको सुनको तस्बिर मुख्य छ । हिमालय टाइम्समा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार चीनको जियमेनमा हात मिलाउँदै गरेको तस्बिर मुख्य छ ।
गोरखापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय विकास समस्या समाधान समितिको ४० औं बैठकमा सहभागी हुँदै गरेको तस्बिर छ ।   

सम्पादकीय

अन्नपूर्ण पोस्टमा ‘खाद्य संकट’ शीर्षक सम्पादकीय लेखिएको छ । सम्पादकीयमा दसैं नजिकिँदै गर्दा मीठो खाने र राम्रो लगाउने बेलामा जाजरकोटको बारेकोटलगायतका ठाउँमा देखिएको खाद्य संकटको दुःखद अवस्थाबारे टिप्पणी गरिएको छ ।

राजधानीमा ‘मन्त्रीले होइन, नीतिले तार काटौं’ शीर्षक सम्पादकीय छ । काठमाडौं उपत्यकामा जथाभावी झुन्डिएका तार सञ्चारमन्त्री मोहनबहादुर बस्नेत आफैँले काटेको दृश्य आइतबार दिनभर चर्चाको विषय बनेको सम्पादकीयमा टिप्पणी गरिएको छ । 

हिमालय टाइम्समा लेखिएको ‘मेडिकल कलेज सम्बन्धन राजनीति’ शीर्षक सम्पादकीयमा त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धनसँग जोडिएको राजनीतिक पाटोबारे विमर्श गरिएको छ । 

नागरिकमा ‘साझा अनियमिततामा उन्मुक्ति’ शीर्षक सम्पादकीय छ । सरकारी स्वामित्वको साहित्यिक संस्था साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासहितका सञ्चालकले बुझाएको राजीनामा शिक्षामन्त्रीले स्वीकार नगर्दा मन्त्रालयले उक्त संस्थाको सुधार गर्ने अवसर गुमाएको सम्पादकीयमा उल्लेख छ ।

कान्तिपुरको सम्पादकीयको शीर्षक ‘सुन तस्करीका अदृश्य मालिक’ रहेको छ । सम्पादकीयमा भनिएको छ– जबसम्म असली मालिक पक्राउ पर्दैनन् र कारबाहीको दायरामा ल्याइँदैनन्, तबसम्म यो क्रम रोकिनेछैन । सरकार र प्रहरीले त्यसलाई गम्भीरतापूवर्क लिनु जरुरी छ ।’

गोरखापत्रमा ‘पञ्चेश्वर परियोजनाको शीघ्रता’ शीर्षक सम्पादकीय छ ।   ‘ढिलै भए पनि पञ्चेश्वरको हकमा प्रधानमन्त्री देउवाले भारत भ्रमणमा देखाएको प्रतिबद्धतासँग जसरी कार्यारम्भ गर्नुभएको छ, त्यसलाई सरोकारवालाले त्यही गहिराइमा बुझ्नु वाञ्छनीय ठहर्दछ,’ सम्पादकीयमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu