site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुरस्थित सडक छेउमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । 

यहाँको गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार भीमदत्तनगरपालिका–३ घर भएका जवान कुँवरको बिहीबार बिहान शव भेटिएको हो । उनको साथमा रहेको मोटरसाइकल घटनास्थल नजिकै भेटिएको छ । 

कुँवरको हत्या गरिएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय