site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय टोली एपिएफ क्लब रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिता उपाधिका लागि भिड्ने भएका छन् । पोखराको लामाचौरमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा शिवम् न्यु डायमण्डले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

शिवम् न्यु डायमण्डले पश्चिमाञ्चललाई सोझो सेटमा हराउँदै पाँचौँ पटक उपाधि नजिक पुगेको हो । न्यु डायमण्डले पश्चिमाञ्चललाई २५–१६, २५–१९ र २५–१७ ले हराउँदै फाइनलमा पुगको हो ।

Agni Group

त्यस्तै दोस्रो सेमीफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफले जेठो विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पुलिसमाथि २५–१०, २५–२१ र २५–२० को जित निकाल्यो । पहिलो संस्करणदेखि नै फाइनलमा पुग्दै आएको एपीएफ छैटौँ संस्करणमा पनि फाइनलमा प्रवेश गरेको हो ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले ७५ हजार, उपबिजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुनेले २० हजार र सान्त्वना हुनेले १५ हजार प्राप्त गर्ने छन् । बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कार स्वरुप ट्रफी र घडी उपहार प्राप्त गर्नेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC