site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिका र दक्षिण कोरियाबीच सुरु भयो संयुक्त सैन्य अभ्यास
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिका र दक्षिण कोरियाबीच वार्षिक रुपमा हुंदै आएको संयुक्त सैन्य अभ्यास उत्तर कोरियालाई चिढ्याउँदै सोमबारदेखि सुरु भएको छ ।

उत्तर कोरियाले दुई देशबीचको संयुक्त अभ्यास रोक्नको लागि अपिल गरेको भएपनि दक्षिण कोरिया र अमेरिकाले आफ्नो सैन्य अभ्यास सुरु गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गत हप्तामात्रै उत्तर कोरियाले अमेरिकी क्षेत्र गुआममा आक्रमण गर्ने चेतावनीबाट पछि हट्दै अमेरिकाको आगामी कदम हेर्ने बताएको थियो । संयुक्त सैन्य अभ्यास सुरु हुने भएपछि भने उत्तर कोरियाले यसले आगोमा घिउ थपेको भन्दै आपत्ति जनाएको थियो । 

यता वासिङ्टनले भने अहिलेको अभ्यास प्रतिरक्षाको लागि भएको दाबी गर्दै आएको छ तर उत्तरले भने यसलाई आक्रमणको तयारी भएको दाबी गर्दै आएको छ ।

Global Ime bank

दुई देशबीच मध्यमार्गी उपाय अनुरुप गत जुलाईमा चीन र रसियाले संयुक्त सैन्य अभ्यास मिसाइल परिक्षणको बदलामा रोक्ने प्रस्ताव गरेका थिए तर अमेरिकाले भने उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।

सोमबारदेखि १७ हजार ५ सय अमेरिकी सेना र करिब ५० हजार दक्षिण कोरियाली सेना सम्मिलित अभ्यास १० दिनसम्म चल्ने छ ।

\"\"

फोटोः योनहाप न्यूज एजेन्सी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ६, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय