site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा विद्यार्थी आन्दोलन झन् चर्कियो, ३०० भन्दा बढी पक्राउ
तस्बिर : रोयटर्स ।

क्यालिफोर्निया । अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया विश्वद्यिालयबाट सुरु भएको विद्यार्थी आन्दोलन देशका विभिन्न भागमा फैलँदै गएको छ । यसक्रममा प्रहरीले बुधबार विभिन्न स्थानबाट ३०० भन्दा बढी विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

प्यालेस्टाइनको पक्षमा करिब दुई साताअघि यो आन्दोलन सुरु गरिएको थियो । प्रहरीले मंगलबार रातिबाट हस्तक्षेप गरेपछि आन्दोलन झन् चर्किएको छ ।

Dabur Nepal
NIC Asia

न्युयोर्कमा प्यालेस्टाइनको समर्थनमा धेरै विद्यार्थी लागेका छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जेल्समा भने इजरायल र प्यालेस्टाइन पक्षधर विद्यार्थीबीच झडप नै भएको छ ।

त्यहाँ युनिभर्सिटी प्रशासनले प्रहरीलाई हस्तक्षेप गर्न आग्रह गरेको थियो । त्यसपछि प्रहरी पुगेको थियो । तर, प्रहरीका तर्फबाट आवश्यक सहयोग नभएको भन्दै क्यालिफोर्नियाका गभर्नरका तर्फबाट नै आलोचना गरिएको छ ।

गभर्नर गाभीन न्युसोमका प्रवक्ताले भनेका छन्, “सीमित रूपमा र ढिलो मात्र गरिएको प्रहरी हस्तक्षेप अस्वीकार्य छ ।”

सयौँ प्रहरी बुधबार क्याम्पस र आसपासका स्थानमा खटिएका थिए । मंगलबार राति प्रहरी खटिनुअघि नै स्थानीय डिक्सन प्लाजामा दुई पक्षका विद्यार्थीबीच झडपको अवस्था सिर्जना भएको थियो । सो क्षेत्रमा केही मानिसले सुरक्षाकर्मीले छिटो कदम नचालेको आरोप लगाएका छन् ।

झडप करिब दुई घण्टा चलेपछि प्रहरीले बुधबार बिहानसम्ममा अवस्था नियन्त्रणमा लिएको जनाइएको छ ।

गभर्नर न्युसोमले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “कानुन प्रस्ट छ । स्वतन्त्र अभिव्यक्ति हिंसा, तोडफोड वा कानुनविहीनताको अवस्थामा पुर्‍याउने गरी उत्तेजना बढाउने हुनु हुँदैन ।” बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro