site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका छन् । 

त्रिचन्द्र कलेजको सत्वार्षिकी समारोहको उद्घाटन गर्दै उनले नेपालभित्र काम गर्न सक्ने योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

उनले नेपालभित्र नै प्रशस्त रोजगारीको सम्भावना रहेको उल्लेख गर्दै विदेशमा गएका नेपाली छोराछोरीलाई स्वदेशमा नै रोजगारीमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । 
उनले राजनीतिक दलभित्र एकता र स्थायित्व भएपछि मुलुकले अगाडि बढ्ने बताउँदै सङ्घ र प्रदेशको निर्वाचनपछि मुलुक सफल राष्ट्रतर्फ उन्मुख हुने दाबी गरे । उनले संविधानको सफल कार्यान्वयनका लागि दुवै चुनाव आवश्यक भएको धारणा राखे । 

“माघ ७ गतेभित्र दुवै निर्वाचन गराउन पर्छ,” उहाँले भन्नुभयो, “दुवै निर्वाचन भएपछि संविधान कार्यान्वयन पनि हुन्छ । अनि देश मुलुक सफल राष्ट्रतर्फ उन्मुख हुन्छ ।” 

उनले संविधान कार्यान्वयनपछि सबैका अधिकार स्थायी हुने भन्दै अब कसैले पनि संघीय गणतान्त्रिक अधिकार खोस्न नसक्ने बताए । 
देशको ठूला राजनीतिक परिवर्तनमा त्रिचन्द्र कलेजले अग्रणी भूमिका खेलेको भन्दै पढाइमा पनि अग्रणी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । उनले आफू प्रधानमन्त्री भएको बखतमा त्रिचन्द्र कलेजलाई सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानले शिक्षाको क्षेत्रमा कलेज देशकै नमूना कलेजका रुपमा स्थापित भएको बताए । 
समारोहमा प्रधानमन्त्री देउवाले साहित्यकार सत्यमोहन जोशी, नरकान्त अधिकारी तथा प्राध्यापक पुरुषोत्तम सिंह डंगोल, दीपककृष्ण श्रेष्ठ, रोशनी मैँया श्रेष्ठ, विष्णु डंगोलसहित १६ जना उपप्राध्यापक, कर्मचारी र विद्यार्थीलाई सम्मान गरेका थिए । 
विसं १९७५ भदौ ५ गते तत्कालीन चन्द्रशमशेर राणाले त्रिचन्द्र क्याम्पसको स्थापना गरेका थिए । रासस 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ५, २०७४  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro