site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली (भारत) । दक्षिण एसियाका विभिन्न मुलुकमा गरी अगस्त महिनामा ब्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब छ सय पुगेको सम्बन्धित मुलुकका अधिकारीले जनाएका छन् । बाढी र पहिरोमा परी विस्तापित हुनेको जनसङ्ख्या  लाखौँ रहेको छ ।
बर्षापछि विपद्मा फसेका व्यक्तिको उद्दार तथा उनीहरूलाई सुरक्षित स्थानमा बसोबास गराउने काम भइरहेको छ ।
अगस्तको दोस्रो सातादेखि बाढी र पहिरो जान थालेको हो । मनसुनी बर्षाले दक्षिण एसियाको उत्तरी तथा पूर्वी भूभागमा व्यापक क्षति पु¥याएको बताइएको छ ।
अधिकारीले बाढी प्रभावित भारतीय उत्तर प्रदेशका दुई जिल्लामा सयौँ गाउँहरूमा डुवान भएपछि उद्दारका लागि सेनाको सहयोग मागेका छन् । उक्त राज्यका ७५ जिल्लामध्ये ३३ जिल्लामा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ ।
हामीले प्रभावित नागरिकलाई सहयोग पु¥याउन सेनाको सहयोग माग गरेका  छाँै, उत्तर प्रदेशका विपद् व्यवस्थापन अधिकारी टि पी गुप्ताले एएफ्पीलाई बताए ।
उत्तर प्रदेशमा एक लाख नागरिक पूर्ण तथा आंशिक रूपमा विस्थापित भएका छन् भने करिब २० लाख व्यक्ति प्रभावित बनेका छन् ।
भारतको बढी प्रभावित मानिएको बिहार राज्यमा १५३ जनाको मृत्यु भएको छ । यो बिहारमा सन् २००८ पछि भएको सवैभन्दा घातक प्राकृतिक विपद भएको भारतीय अधिकारीले बताएका छन् ।
बिहारमा झण्डै चार लाख मानिस शिविरमा बस्न बाध्य भएका छन् भने १० लाखभन्दा बढी प्रभावित बनेका छन् ।
बिहारमा पाँच हजार आकस्मिक सेवा प्रदायक अधिकारी तथा दुई हजार सेना परिचालित गरिएको उच्च विपद व्यवस्थापन निकायका अधिकारी अनिरुद्ध कूमारले बताए । बिहारमा एक हजार ३०० भन्दा बढी शिविर बनाई सेवा दिइराखिएको कूमारले बताए ।
बिहार र उत्तर प्रदेश नेपालको सीमा क्षेत्रमा रहेका भारतीय भूमी हुन् । भारतको दुई करोड असी लाख जनसङ्ख्याको करिब २० प्रतिशत जनसङ्ख्या प्रभाविलत वनेको छ । संयुक्त राष्ट्रसङ्घले गत १५ बर्ष यता भारतमा सवैभन्दा बढी डुवानको समस्या भएको बताएको छ ।
भारतको पूर्वीक्षेत्रमा रहेको आसाममा पनि बाढीका कारण ६० जनाको मृत्यु भएको छ भने करिब चार लाख २५ हजार मानिस राहत केन्द्रमा बस्न बाध्य भएका छन् । बाढीका कारण रेलसेवा  विगत छ दिनदेखि अवरुद्ध भएको छ ।
पश्चिम बङ्गालमा पनि ५२ जनाको बाढी तथा डुवानका कारण मृत्यु भएको छ भने दश लाख मानिस प्रभावित बनेका छन् ।
भारतको गुजरात क्षेत्रमा आएको बाढीका कारण मनसुनको शुरुमा नै ३५० जनाको मृत्यु भएको थियो ।
त्यसैगरी बङ्गलादेशमा एक सय व्यक्तिको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी जनसङ्ख्या विस्तपित बनेको छ । बाढीका कारण नेपालमा पनि ठूलो माववीय क्षति भएको छ भने लाखौँ मानिस प्रभावित भएका छन् ।
नेपाल, भारत, बङ्गलादेश र भारतमा बाढी तथा डुवानका कारण गम्भीर किसिमको खाद्यान्न अभाव देखिने गरेको छ । 
अन्तरराष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी, एसिया प्रशान्त क्षेत्रका उप क्षेत्रीय निर्देशक मार्टिन फलरले नेपाल, भारत, बङ्गलादेश र भारतमा बाढी तथा डुवानका कारण खाद्यान्न अभाव देखिने र यसका कारण ठूलो जनसङ्ख्यामा गम्भीर सङ्कट निम्तिन गरेको बताए ।
असुरक्षित बस्तीका कारण दक्षिण एसियामा पहिरोमा परी सयौँ मानिसले ज्यान गुमाउने गर्छन् बाढी तथा डुवानका कारण बर्सेनी लाखौँ मानिस प्रभावित हुने गर्छन् । रासस/एएफपी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ४, २०७४  ०४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement