काठमाडौँ । स्वस्थ रहने चाहना कसलाई हुँदैन र ? हामी सधैं स्वस्थ्य जीवन चाहिरहेका हुन्छौँ तर कति बेला के हुन्छ थाहा हुँदैन । कारण हो हाम्रो खानपिन नमिल्नु । खानपानको समय पनि मिल्नु पर्छ । हाम्रो फुर्सदमा खाने वा भोक लागेपछि मात्र खाने बानी छ । तर त्यसले हाम्रो स्वास्थ्यमा असर पुर्याइरहेको हुन्छ ।
खानपानको समयमात्र होइन, हामीले खाने खानामा भिटामिन, कार्बोहाइड्रेड, आइरन आदि पाउने खाना खानुपर्छ । हामीलाई कैयौँ त्यस्ता तरकारीहरु फलफूलहरु कुनमा के पाइन्छ भन्ने थाहा नै छैन ।
जानीराखौँ केमा कुन भिटामिन पाइन्छ ।
भिटामिन एः आँखा र हड्डीहरुको लागि धेरै मात्रामा चाहिन्छ भिटामिन ए । हरियो साग सब्जी, दूध,डेरीबाट उत्पादित खानेकुरा, सखरखन्ड,गाजर,ब्रोकाउली,तरबुजा, मेवा आदिमा भिटामिन ए पाइन्छ ।
भिटामिन केः भिटामिन के ले रगत जम्नबाट बचाउँछ । हरियो तरकारी तथा भटमासको प्रयोगले यसको भरपूर मात्रा पुग्छ ।
भिटामिन बि सिक्सः प्रतिरक्षा प्रणालीको बलियो बनाउन यो भिटामिनले मद्दत गर्छ । यो भिटामिनको कमी हुन नदिन हामीले गेडागुडी, बदाम, अण्डा, माछा तथा आलु खाने गर्नुपर्छ ।
भिटामिन बि १२ः रगत बढाउन तथा दिमागलाई स्वस्थ्य बनाउनका लागि भिटामिन बि १२ खानु अति आवश्यक पर्छ । मासु, दूध, दही, पनीर तथा अण्डामा यो भिटामिन पाइन्छ ।
भिटामिन सी एः पुरुषको हड्डी, मसल्स तथा मुटु मजबुत बनाउनको लागि लाभदायक छ यो भिटामिन । दूध, माछा, बदाम, डेरीबाट उत्पादित पदार्थ खानाले शरीरलाई स्वस्थ्य भिटामिन पाइन्छ ।
भिटामिन डिः यो भिटामिनले बढ्दो उमेरका मानिसलाई धेरै फाइदा दिन्छ । यो भिटामिन माछा, दूध, पनीरमा पाइन्छ ।