site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्तर कोरियाको पिपुल्स आर्मीका प्रवक्ताले गुआममाथि हमला गर्नका लागि पूर्ण तयारी गरिएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको केही समयपछि नै उत्तर कोरियाले गुआममाथि आक्रमण गर्न लागेको कडा चेतावनी दिएको हो ।   

कहाँ पर्छ गुआम ?

Prabhu Bank
Agni Group
NIC Asia

गुआम प्रशान्त महासागरमा रहेको अमेरिका प्रशासित एउटा द्वीप हो । यहाँको जनसङ्ख्या दुई लाख जति मात्र छ । यो द्वीपमा अमेरिकाको ठूलो सैन्य अखडा छ । यसको राजधानी सहरको नाम ह्याग्टाना हो भने अधिक जनसंख्या भएको सहर डेडेडो हो । यो देश ५४४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । झन्डै दुई सय वर्षदेखि गुआम अमेरिकाको उपनिवेशका रूपमा रहेको छ र यहाँका नागरिकहरू जन्मतः अमेरिकी हुन्छन् ।    

भारतीय सञ्चार माध्यमका अनुसार गुआमका गभर्नर एडी काल्वोले गुआममाथि आक्रमण हुने हल्लालाई निरर्थक बताएका छन् ।
उनले द्वीपको सुरक्षाका लागि सम्पूर्ण प्रबन्ध मिलाइएको र आफूहरू निरन्तर ह्वाइट हाउसको सम्पर्कमा रहेको बताएका छन् ।

Global Ime bank

उता उत्तर कोरियाको पिपुल्स आर्मीका प्रवक्ताले सर्वोच्च नेता किम जोंग उनको आदेश पाउनासाथ गुआममाथि आक्रमण गरिने बताएका छन् । 
यदि अमेरिकाले दुस्साहस देखायो भने गुआमबाट सुरु भएको उत्तर कोरियाको सुरक्षात्मक युद्ध पूर्णयुद्धमा परिणत हुने र अमेरिकाको मुख्य भूमिभित्रका सहरहरूमा समेत पूर्ण क्षमताका साथ आक्रमण गरिने उत्तर कोरियाको चेतावनी छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय