site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरको मेयरमा रेणु दाहाल विजयी
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् । उनलाई नेपाली कांग्रेसकोसमेत समर्थन थियो । दाहालले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई २०३ मतले पराजित गर्दै विजयी भएकी हुन् । दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् भने एमालेका ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणुलाई शुक्रबार पुनः मतदान हुँदा विजयी लागि बाटो सहज बनेको थियो ।
२९ वटा वडा रहेको भरतपुरमा २७ वटा वडाको मत जेठ १४ गते नै सार्वजनिक भएको थियो ।
तर भरतपुर वडा नम्बर १९ को मतगणनाका क्रममा जेठ १४ गते राति माओवादीका दुई कार्यकर्ताले सुनियोजित रुपमा मतपत्र च्यातेपछि चुनावी प्रक्रिया लम्बिएको थियो ।
त्यसलगत्तै निर्वाचन आयोगले छानविन गरी पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
तर नेकपा एमालेका दुई कार्यकर्ताले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि करिब डेढमहिनापछि सर्वोच्चको फैसला आएको थियो ।
सर्वोच्चले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै पुनः निर्वाचन गराउन सक्ने फैसला गरेपछि शुक्रबार पुनः मतदान भएको थियो । शनिबार बिहानैदेखि भरतपुर वडा नम्बर १९ र २० को मतगणना भएको थियो । दुई वडाको मत गन्न बाँकी रहँदा एमाले उमेदवार ज्ञवाली ७८४ मतले अघि भए पनि मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा उनी पराजित भएका हुन् ।
यसैबीच उपमेयरमा कांग्रेस उमेदवार पार्वती शाह विजयी भएकी हुन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय