site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेसमा खटिए एमाले शीर्ष नेता, २ नम्बरमा पनि पहिलो हुने दाबी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई नम्बर प्रदेशमा पनि एमालेलाई पहिलो पार्टी बनाउने लक्ष्यका साथ एमालेको दोस्रो तहका नेताहरू तराईका खटिएका छन् । एमाले स्थायी कमिटी सदस्य एवम् दुई नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डल सप्तरीमा रहेर पार्टीका बैठक र भेलामा सहभागी भएको एक महिना बढी भइसक्यो भने एमाले सचिव योगेश भट्टराई यतिबेला धनुषामा खटिएका छन् । त्यसो त एमाले वरिष्ठ नेता माधवकुमार नेपालको मधेस आउजाउ पनि बाक्लिएको छ । रौतहट स्थायी घर भएका नेता नेपाल दिन बिराएर तराई गएका छन् भन्दा हुन्छ ।

त्यस्तै पोलिटव्युरो सदस्य लालबाबु पण्डित पनि जिल्ला जाने तयारीमा जुटेका छन् ।

“पहिलो चरणमा दोस्रो तहका नेताहरू दुई नम्बर प्रदेशमा खटिनुहुनेछ । उहाँहरूले त्यहाँ गएर पार्टी कमिटीको बैठक, भेला, निर्वाचन परिचालन कमिटी निर्माण गर्नुहुनेछ,” उनले दुई नम्बर प्रदेशको निर्वाचन तयारीबारे प्रकाश पार्दै बाह्रखरीसँग भने, “साउनभरीमा हामीले दुई नम्बर प्रदेशका सबै तहका कमिटी, जनवर्गाीय संगठनका मिटिङ भेला सक्छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै साउनभरिमा उमेदवार पनि टुंगो लगाइसक्ने उनको भनाइ छ । सचिव भट्टराई भन्छन्, “पहिलो चरणमा हामी मसिनो ढंगबाट कमिटीलाई निर्वाचनमा परिचालन गर्छौं । जनताका पीरमर्का बुझ्छौँ । सोहीअनुसार चुनावी योजना बनाउँछौँ ।”

भदौको पहिलो, दोस्रो हप्ताबाट शीर्ष नेताहरू दुई नम्बर प्रदेशमा खटिने सचिव भट्टराईले जानकारी दिए । भदौ दोस्रो हप्तापछि हामी दुई नम्बर प्रदेशका जिल्लामा ठूला सभा, र्याली आयोजना गछौँ,” उनले भने ।

Global Ime bank

उनले मधेसमा चुनाव हुनेनहुने अन्यौलता अझै रहेका भन्दै निर्वाचनको सुनिश्चितताका लागि मधेसमा अभियान चलाएको बताए । “सबैतिर चुनाव भयो, दुई नम्बर प्रदेशमामात्रै पछि धकेलियो । चुनावै नहुने हो कि भन्ने द्विविधा पनि यहाँका जनतमा छ । त्यसलाई दूर गर्दै चुनावी वातावरण बनाउन हामी अभियान चलाइरहेका छौँ,” उनले प्रष्ट्याए ।

दुई नम्बर प्रदेशका जनतामा व्यापक निराशा बढेको भन्दै उनले राष्ट्रिय जनता पार्टीलाई कांग्रेसको गोटी नबन्न आग्रह गरे । कांग्रेसको कुरामा नअल्झिइ तराईमा निर्वाचनको वातावरण बनाउन लाग्न उनले राजपालाई आग्रह पनि गरे ।

त्यस्तै पोलिटव्युरो सदस्य लालबाबु पण्डितले एमालेले दुई नम्बर प्रदेशमा पनि पहिलो पार्टी बन्ने तयारीका साथ निर्वाचनमा जुटेको बताए । “अहिले वर्षाको बेला भएकाले, जनताहरू खेतीपातीमा व्यस्त भएकाले निर्वाचनको व्यापक तयारी गर्न सकिएको छैन । चुनावी तयारीमा अहिले त एमालेले सबैलाई जितेकै छ । भदौ पछि यसलाई व्यापकता दिन्छौँ ।”


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७४  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय