site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अलपत्र सरकारको ‘मास्टर प्लान’, कहिले बन्छ मुलपानी मैदान ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । आजभन्दा केहीवर्ष अगाडि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने समाचारसँगै क्रिकेटप्रेमी तथा खेलकुदप्रेमीहरु निकै उत्साहित बनेका थिए  ।  अझ पाँचवर्षभित्रै यो मैदान बनिसक्ने समाचार प्रवाह भएपछि उनीहरुको खुसीको सीमा थिएन । 

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला नभएको नेपालमा सरकारले ‘मास्टर प्लान’ को रुपमा नै रंगाशाला बनाउने घोषणा गरेपछि आम क्रिकेटप्रेमीहरु उत्साहित नहुनु कुनै थिएन ।

तर, विडम्बना अहिले क्रिकेटप्रेमीहरुको त्यो उत्साह बिस्तारै सेलाउँदै गएको छ । उनीहरु प्रश्न गर्न थालेका छन् – कहिले बन्ला मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान ? 
किनकी मुलपानी क्रिकेट मैदान मास्टर प्लानअनुसारको कार्य सम्पन्न हुनका लागि अझै बर्षौं लाग्ने देखिएको छ । किनकी निर्माण कार्य निकै सुस्त गतिमा अघि बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्तर्राष्ट्रिय स्तरको मुलपानी क्रिकेट मैदान निर्माण थालिएको पनि करिब २ वर्ष भन्दा बढि भएको छ । २०७१ सालमा टेण्डर आह्वान गरेर निर्माण कार्य अघि बेढेको यो रंगशाला अहिलेसम्म पहिलो चरणको काम पनि सकिएको छैन ।

मैदान सम्याउने र प्याराफिट बनाउने ठेक्का लिएको प्रेरा मुन्ना एण्ड आचार्य जेवी कम्पनीले गतवर्ष नै सक्नुपर्ने थियो । तर, विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनी र राष्ट्रिय खेलकुद परिषद्ले म्याद थपिरहेका छन् ।

Global Ime bank

\"\"

 

निर्माण कार्य ढिलाईमा मुख्य दोषी को ?
 

मुलपानी क्रिकेट मैदानको निर्माण कार्यले तीव्रता नपाउनुको मुल कारण राखेप नै भएको आरोप छ ।

निर्माण कार्य जिम्मा पाएको राखेपले गम्भीरताका साथ नलिँदा यो अवस्था सिर्जना भएको हो  । तर, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कु्मार विष्टले जग्गाको मुआब्जा र ठेकेदारको कमजोरीले यस्तो अवस्था आएको बताउँछन् ।

उनले भने, “ठेकेदारको कामप्रति म पनि सन्तुष्ट छैन । काम समयमा र भएजस्तो गतिमा भएको छैन । कतिपय कुरामा बाध्यकारी अवस्था छ । त्यसलाई सुधार गर्नका लागि अब नयाँ टेण्डर प्रक्रियामा जानुपर्ने, राम्रो ठेकेदार खोज्नुपर्ने जस्ता समस्याहरू छन् ।” 

मैदान निर्माणको लागि २०७१ सालमा प्रेरा मुन्ना एण्ड आचार्य जेवी कम्पनीले २०७३ साल असार मसान्तसम्ममा पहिलो चरणको काम  सक्नुपर्ने गरी टेन्डर पाएको थियो  । पहिलो चरणको काम अन्तर्गतको मैदान सम्याउने र ३ वटा प्याराफिटको ब्लक बनाउने कार्य सक्नुपर्थ्यो । तर विभिन्न कारण देखाउँदै कम्पनी र राष्ट्रिय खेलकुद परिषदबीच तीन पटक म्याद थप भैसकेको छ । पहिलो र दोस्रो चरणमा ६–६ महिना म्याद थप गरिएको थियो । 

दुई पटकको म्याद थपमा काम नसकेपछि पुनः राखेप र कम्पनीबीच  तीन महिनाको म्याद थप गर्ने सहमति भैसकेको छ । नयाँ म्याद थपको सहमतिअनुसार २०७४  असोज मसान्तभित्र पहिलो चरणको काम सक्नुपर्ने हुन्छ ।

पटक–पटक समय थप गर्दा पनि काम नसक्नाले ठेकेदारप्रतिको विश्वासमा शंका उत्पन्न भएको छ । प्रेरा मुन्ना एण्ड आचार्य जेवी कम्पनीका प्रतिनिधि गणेश आचार्यले निर्माण कार्य अन्तिम चरणमा पुगेको दाबी गर्छन् । आचार्यले भने, “अब हामीले काम सक्न लागेका छौं, विभिन्न विवाद र प्रक्रियाले काम ढिला भएको हो । अब हामी तोकिएको समयमा काम सक्छौ ।”

\"\"

स्थानीयको आरोप – ठेकेदारको मनपरी 
 

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पहिलो चरणको काम नसकिँदै निर्माण कार्यको ठेक्का पाएको ठेकदार कम्पनी थप विवादित बनेको छ ।  मैदान निर्माण गर्दा ठेकदार कम्पनीले लापरबाही गरेको स्थानीय बासिन्दाको आरोप छ । 

मैदानमा रोपेको दुबो गुणस्तर नभएको, ३ वटा प्याराफिटको ब्लक गुणस्तरहीन रहेको उनीहरूको दाबी छ । अन्तर्राष्ट्रियस्तरको मैदान भएपछि त्यहीस्तरकै मापदण्डअनुसारको बन्नुपर्नेमा प्याराफिटको पिल्लर र ढलानमा निकै कच्चा काम गरेको उनीहरूको आरोप छ ।

यस्तै स्थानीयले वर्षाको समय भएकाले पानी पर्दा मैदान माथिबाट ठूलो भेल आउने गरेको भए पनि ठेकेदार कम्पनीले ढललाई बेवास्ता गर्दै मैदान निर्माण गरिरहेकोले दैनिक हिँड्ने बाटोमा पनि अवरोध आएको गुनासो गर्ने गरेका छन्  । तर, ठेकेदार कम्पनीका प्रतिनिधी आचार्यले भने स्थानीय बासिन्दाले भनेको कुरामा कुनै सत्यता नरहेको दाबी गर्छन । उनले भने, “सबै कार्ययोजनाअनुसार भईरहेको छ, हामीले निर्माणमा कुनै कमी कमजोरी गरेका छैनौं ।”

\"\"

मैदान कहिले तयार होला ?

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वामित्वमा रहेको मुलपानी क्रिकेट मैदानको गुरु योजना आईसीसीका प्रतिनिधिले तयार पारेका थिए । गुरु योजनाअनुसार करिब २० हजार क्षमताको दर्शक अट्ने सुविधासम्पन्न रंगशाला बन्नेछ । 

मैदानसँगै खेलकुदको प्रशासनिक कार्यालय, इन्डोर हल, होस्टेल, स्वीमिङ पुल, जिम हल लगायतका विभिन्न भौतिक संरचना निर्माण हुनेछ ।  सरकारले  करिब ५ बर्षको समय अवधिमा सम्पन्न गर्ने गरी मास्टर प्लान बनाएको थियो । यो प्लान बनाएको तीन वर्ष पूरा भइसकेको छ ।

मैदान निर्माणको ३ वर्ष बितिसक्दा सामान्य मैदान बनाउने र ३ वटा प्याराफिट बनाउने कामबाहेक अन्य कुनै काम भएको छैन । योजनाअनुसारको सम्पूर्ण भौतिक संरचना निर्माण गर्नका लागि करिब ८० करोड लाग्ने अनुमान गरिएको थियो ।अहिलेसम्म करिब १४ करोड बजेट खर्च भइसकेको छ ।

सरकारले पनि प्रत्येक बर्ष मुलपानी क्रिकेट रंगशाला निर्माण गर्नका लागि बजेट विनियोजन गर्दै आएको छ । यो आर्थिक बर्षमा पनि सरकारले मुलपानीलाई मुख्य प्राथमिकतामा राखेको थियो । तर, प्राथमिकतामा राखे जसरी कार्य भने भएको छैन । अझै स्थानीय जग्गाधनी र सरकारबीच जग्गा मुआब्जा विवाद जारी छ ।

यहि गतिमा कार्य भए अन्तर्राष्ट्रिय स्तरको रंगाशाला अझै कति लाग्छ सदस्य सचिव बिष्टलाई समेत जानकारी छैन । उनले भने, “कहिले बन्छ भनेर भन्ने स्थिति छैन, पहिलो चरणको कार्य सकिने वित्तिकै हामी दोस्रो चरणको कामको लागि टेन्डर आह्वान गर्छौ । त्यसपछि बाँकी रहेको स्थानीयबासीको जग्गाको मुआब्जा विवाद टुंगाएर अघि बढ्नेछौँ ।”
 

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय