काठमाडौं । रङ्गी चङगी महिना साउन । विवाहित तथा अविवाहित नारीहरुको हातमा मेहन्दी र रातो पहेँलो तथा हरियो चुराले रङगीएको हुन्छ । सबैले यसलाई हरियो महिना भनेर पनि चिन्छन् । सँगै मेहन्दीको रौनक पनि उत्तिकै लागेको छ । साउन महिनामा लगाईने मेहन्दीको कलर राम्रोसँग बस्नलाई यस्ता तरिका अपनाउनुहोस् ।
मेहन्दी लगाएपछि धैर्यसँग बस्ने गर्नुपर्छ । विवाहको लागी लगाईएको मेहेन्दी हो भने कम्तिमा ६÷७ घण्टा राख्नुपर्छ । कागती तथा चिनीलाई मिसाएर मेहन्दी लगाएपछि लगाउँदा पनि मेहन्दीको रङ्ग राम्रो बस्छ । यसको प्रयोगले हातमा मेहन्दी पनि लामो समयसम्म रहिरहन्छ ।
कतिपयले मेहेन्दी पानीले पखाल्ने गर्छन् । सकेसम्म मेहेन्दी मेहेन्दी लगाएपछि १० देखि १२ घण्टा सम्म हातमा पानी पर्न नदिएकै राम्रो हुन्छ । साबुन पानीको त झन प्रयोग गर्नेैहँुदैन । मेहन्दी सुकेपछि तोरीको तेल लगाउनुपर्छ ।