site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानमा तालिबानको आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिए
SkywellSkywell

जलालाबाद (अफगानिस्तान) । अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिविरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन् ।

विस्फोटक पदार्थले भरिएको गाडी उक्त शिविरभित्र लगेर विस्फोट गराइएको थियो । यसैबीच, तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकु समूहले यो आक्रमण गरेको दाबी गरेका छन् ।

Dabur Nepal
NIC Asia

प्रायः अशान्त नै भइरहने नान्गार्हार प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ । सो प्रान्तमा यसअघि पनि तालिबान लडाकु समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन् ।

गत वर्ष वासिङटनसँग गरेको सम्झौताअनुरुप प्रतिबद्धता तालिबानले नगरेको पेन्टागनले भनाइ आएको दुई दिनपछि यो आक्रमण भएको छ । सो सम्भौतामा तालिबान लडाकु समूहले हिंसा–हत्या नगर्ने र अलकायदा आतंककारी समूहसँग रहँदै आएको तालिबानको सम्बन्धबिच्छेद हुनुपर्ने सर्त रहेको थियो ।

सैन्य शिविरमा भएको यस आत्मघाती आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिएका नान्गार्हारमा गभर्नरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तर, नान्गार्हार प्रान्तीय काउन्सिलका उपप्रमुख आज्माल ओमारले भने यस आक्रमणमा परी १५ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका बताएका छन् ।

जलालाबाद सहरनजिकै विस्फोटक पदार्थले भरिएको अर्को गाडी कब्जा गरिएको प्रान्तीय गभर्नरको कार्यालयले जानकारी दिएको छ । केही समययता नान्गार्हार प्रान्तमा इस्लामिक स्टेट्स (आईएस) आतंककारी समूहले कैयौँ घातक आक्रमणहरू गरेका छन् ।

यसैबीच, शनिबार नै राजधानी सहर काबुलमा सडक किनारमा राखिएका दुईवटा बम विस्फोट भएका छन् । तर, यस विस्फोटमा परी कोही पनि हताहत भएका छैनन् । रासस/एएफपी

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro