site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागि सम्झौता भएको छ । प्रणालीअन्तर्गत बैंकका संस्थागत ग्राहकले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याटफर्ममार्फत बैंकमा नगई आफैंले फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानी खाताबाटै सजिलै गर्न सक्नेछन् । प्रणालीमार्फत कनेक्ट आईपीएस तथा आईपीएसमा भुक्तानी कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

कर्पोरेट पेमा आबद्ध हुन ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र साधारण आवेदनको स्वीकृतिलगायत आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सेवा प्राप्त गर्न सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय