काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मा आबद्ध भएको छ । बैंक अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीका लागि एनसीएचएलसँग आबद्ध भएको हो ।
सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले हस्ताक्षर गरे ।
एनसीएचएल-आईपीएस प्रणालीमार्फत बैंकले ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने र लिनेजस्ता अन्तरबैंक कारोबार गर्न सक्छन् भने कनेक्ट आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानी एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थामा गर्न सक्नेछन् ।
साथै बैंकका ग्राहकले अब कनेक्ट आईपीएसको वेब र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाइन भुक्तानीको कारोबार पनि गर्न सक्नेछन् ।