site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा बलयगाडा जुलुस

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा आइतबार विराटनगरमा बयलगाडा जुलुस निकालिएको छ ।

अनेरास्ववियू मोरङको आयोजनामा रोडशेष चोकबाट निकालिएको जुलुस ट्राफिक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सभालाई सम्बोधन गर्दै तत्कालीन संविधानसभा सदस्य मीना यादवले ओलीको कदमले संविधान नै संकटमा परेको बताइन् । उनले भनिन्, “हामीले संविधान बनाउँदा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने प्रावधान राखेका थियौँ । तर, उहाँले कुन धारालाई प्रयोग गरी विघटन गर्नुभयो बुझ्न सकिएको छैन ।” यादवले ओलीको कदम प्रतिगामी भएको जिकिर गरिन् ।

अधिवक्ता पुरुषोत्तम नेपालले ओलीको कदम गैरसंवैधानिक भएको चर्चा गर्दै भने, “संविधानले नै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन हुनु आश्चर्यलाग्दो भएको छ ।” उनले प्रतिनिधिसभा हठातरुपमा विघटन गर्दा त्यसले राजनीतिक अस्थिरता निम्तने खतरा झन् बढेको बताए ।

बयलगाडा जुलुसमा सहभागी विद्यार्थीले ‘‘यसमा चढेर अमेरिका पुग्न सकिन्छ’’ भन्दै नाराबाजी गरेका थिए । सहभागीले ओलीको तस्बिरसहित ‘मेरो प्यारो बयलगाडा’अंकित ब्यानर प्रदर्शन गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro