site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता यही जनवरी ८ तारिखदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २०० खेलाडीको सहभागिता रहने छ । त्यसमा १२० पुरुष र ८० महिला खेलाडी रहेको आयोजक डोजाङका प्रमुख नोर्बु मोक्तानले जनाएका छन् ।

Agni Group
NIC Asia

पुरुष/महिलामा समान सात-सात गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष/महिला दुवैमा १० वर्ष, १२ वर्ष, १५ वर्ष, १७ वर्ष, १८–३० वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेर समूहमा खेलाडीले आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।

प्रतियोगिताको सम्पूर्ण खर्च सैलुङ गाउँपालिकाले व्यहोर्ने डोजाङ प्रमुख मोक्तानले जानकारी  दिए ।

Global Ime bank

सहभागीले बढीमा एक मिनेट ३० सेकेन्डको भिडियो आयोजकलाई पठाउनुपर्ने प्रावधान छ । आज (जनवरी ६) बुधबार भिडियो पठाउनुपर्ने अन्तिम दिन हो ।

‘मोस्ट पपुलर खेलाडी’ लाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । यो विधा चयनका लागि सहभागीले पठाएको भिडियोलाई युट्युबमा राखिनेछ । सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई उक्त विधाबाट पुरस्कृत गरिनेछ ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu