site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफगानिस्तानमा रक्तपात जारी रहेकै अवस्थामा शान्ति वार्ता सुरु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काबुल । अफगानिस्तानमा राजनीतिकप्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता सुरु भएको छ ।

महिनौँदेखि वार्ताको क्रम जारी रहे पनि त्यसबाट झिनो सफलता हात लागेको छ । तर, दुवै पक्षबीच गत वर्षका वार्ताहरुमा आगामी वार्ताका लागि एजेन्डामा सहमति भएको छ, जसलाई सुखद् मानिएको छ ।

अफगान सरकारका वार्ताकारहरुले स्थायी युद्धविराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेषरुपमा जोड दिनेछन् । तालिबानी समूहले भने सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

एकजना अफगान सरकारी वार्ताकार गुलाम फारुख मजरोहले एएफपीसँग भने, ‘‘वार्ता धेरै जटिल र समय लाग्ने किसिमको हुने निश्चित छ । तर, हामी जतिसक्दो चाँडो सकारात्मक नतिजा प्राप्त हुनेमा आशावादी छौँ । किनभने, मानिसहरु यस रक्तपातपूर्ण युद्धबाट थकित भइसकेका छन् ।’

तर, तालिबान समूहले भने कुनै टिप्पणी गर्न चाहेन । 

Royal Enfield Island Ad

महिनौँदेखिको ढिलाइपश्चात् संघर्षरत् पक्षहरुबीच पहिलो प्रत्यक्ष वार्ता सन् २०२० को सेप्टेम्बर महिनामा सुरु भएको थियो । तर, छलफलको आधारभूत ढाँचा र धार्मिक व्याख्याको विवादले वार्तामा गतिरोध उत्पन्न भएको थियो ।

अमेरिकी घनीभूत कुटनीतिक प्रयत्नपश्चात् दुवै पक्षबीच वार्तामा बस्न पुनः सहमति जुटेको थियो ।

गत वर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मेभित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो ।

अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता सुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन । पछिल्लो समय सरकारी पदाधिकारीहरु, अधिकारवादीहरु र पत्रकारहरु लक्षित आक्रमणहरु भइरहेका छन् ।

काबुल प्रान्तका डेपुटी गभर्नर, पाँचजना पत्रकार र एकजना चुनाव अधिकारवादीको काबुल र अन्य स्थानमा भएका हमलामा ज्यान गइसकेको छ ।

अफगान अधिकारीहरुले यी आक्रमणमा तालिबानीको संलग्नता रहेको दाबी गरिरहेका छन् । तर, अधिकांश यी आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिई आएको छ ।

‘‘तालिबानले जनतालाई विभाजित गर्ने र सरकारको सुरक्षा संस्थाहरुमाथि योजनाबद्धरुपमा जनतामा नैराश्यता उत्पन्न गर्ने कोसिस गरिरहेको छ,’’  राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार जाभिद फैजलले बताए, ‘‘तर, यी हत्याले मानिसलाई अझ बढी एकताबद्ध गराइरहेको छ ।’’

अफगानिस्तान अनुसन्धान तथा मूल्यांकन इकाईका उपनिर्देशक निशंक मोतवानीको भनाइमा तालिबानले औपचारिकरुपमा राजनीतिक हत्याको जिम्मेवारी लिने गरेको छैन । मोतवानीले ‘‘तालिबानीहरु आफ्नो बलियो उपस्थिति दर्शाउन कुनै कसर बाँकी राख्दैनन्’’ भने ।

तालिबानले सन् २०२० मा देशभर १८ हजारभन्दा बढी आक्रमण गरेको अफगानिस्तानका गुप्तचर निकाय प्रमुख अहमद जिया सिराजले बताए ।

गत वर्षको पहिलो नौ महिनामा दुई हजार १७७ जनाको हत्या भएको र तीन हजार ८२२ जना घाइते भएका थिए । 

अफगान सर्वसाधारणले राम्रो सुरक्षाको आशा गरिरहेका छन् । तर, वार्ताबेगर तत्काल सुधार हुने अपेक्षा गर्न सकिन्न ।

‘‘काबुलमा कुनै सुरक्षा नै छैन । हामीले हाम्रा प्रियजन कतिञ्जेल गुमाउँदै जानुपर्ने हो ?’’ काबुल निवासी जमसिद मोहम्मदले बताए । रासस/एएफपी

तस्बिरः रोयटर्स् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro