
काठमाडौं । टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ । लिड्स युनाइटेडविरुद्ध सहज जित निकाल्दै टोटेनहम शीर्ष तीनमा पुगेको हो ।
शनिबार भएको खेलमा टोटेनहमले लिड्सलाई ३–० ले पराजित गर्यो ।
टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक/एक गोल गरे ।
पहिलो हाफको २९औँ मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४३औँ मिनेटमा सनले गोल गर्दा टोटेनहम पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । ५०औँ मिनेटमा टोबीले गोल गर्दै घरेलु टोलीलाई ३–० को जित दिलाए ।
जितसँगै टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले १६ खेलमा २९ अंक जोडेको छ । पराजित लिड्स २३ अंकसहित ११औँ स्थानमा छ ।