site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Argakhachi Cement Island Ad

काठमाडौं । गायन क्षेत्रमा लामो योगदान पुर्याएको भन्दै गायक रामप्रसाद खनाललाई विभिन्न १२ वटा संस्थाले अभिनन्दन गरेका छन् । कार्यक्रममा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, अनेसासकी सल्लाहकार माया ठकुरी, महिला गितकार संघकी अध्यक्ष उन्नति बोहरा ‘शिला’ कलाकार मञ्चका अध्यक्ष शिवहरि पौडेल, कलाकार किरण केसी, संगीतकार शम्भुजित बासकोटालगायतको उपस्थिति थियो । 

लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका खनालले आफूले पाएको सम्मानले गह्रुँगो भारी बोकेजस्तो महसुस भएको बताए । अमेरिकामा पनि आफ्नो संस्कृति जोगाउँदै लोक गीतमा सक्रिय रहने उनले प्रतिबद्धता जनाए । 
 

प्रकाशित मिति: सोमबार, असार १९, २०७४  १७:१५
प्रतिक्रिया दिनुहोस्