काठमाडौं । धरहरामा विनाशकारी ‘गोरखा भूकम्प’ स्मरण गराउने संग्रहालय बन्दै गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ०७२ वैशाख १२ र २९ गतेको भूकम्पको अनुभूति दिलाउने गरी संग्रहालय बनाउन लागेको जानकारी दिए ।
‘‘यहाँभित्र एउटा बगैँचा हुनेछ । त्यसपछि राहत र उद्धार कसरी ग¥र्यौँ भन्ने तथ्य संग्रहालयमा रहनेछ । पुनर्निर्माण र पुनःसंरचनाका कामहरू कसरी गर्र्यौँ, कसरी सम्भव भयो भन्ने कुरा राख्नेछौँ,’’ उनले भने ।
अवलोकनकर्तालाई विपद् व्यवस्थापन, भूकम्पबाट बच्ने तरिकालगायतका बारेमा जानकारी दिइनेछ ।
पहिलेकै जस्तो सुनको धारा पनि बनाइने प्राधिकरणले जनाएको छ ।
तस्बिरहरुः कविराज कार्की/बाह्रखरी ।