राजनीति
काठमाडौं । नेकपा केपी ओली समूहले केन्द्रीय कमिटी संरचना र विधान संशोधन भएको सूचना निर्वाचन आयोगमा पठाएको छ । मंगलबार बालुवाटारमा बसेको ओली समूहको बैठकले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।
ओलीको नेतृत्वमा पुनर्गठित केन्द्रीय कमिटी र पार्टीले विधान संशोधनलगायत निर्णयहरु निर्वाचन आयोगलाई जानकारी गराइएको ओली समूहका नेताहरुले बताएका छन् ।
सोमबार नेकपाका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्ड र नेता –माधव नेपाल समूहले ओलीमाथि कारबाही गरिएको पत्र निर्वाचन आयोग पठाएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७ १४:२९
प्रतिक्रिया दिनुहोस्