site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लाजिओसँग डर्टमन्ड पराजित 
Siddhartha BankSiddhartha Bank

एजेन्सी । जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्ड इटालियन सिरी ए क्लब लाजिओसँग पराजित भएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलरबार राति भएको खेलमा डर्टमन्ड लाजिओसँग ३–१ ले पराजित भएको हो । 

लाजिओको जितका लागि किरो इमोबाइल र जेन डानियल अक्पा अक्प्रोले एक एक गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो । डर्टमन्डका लागि एर्लिङ हालान्डले एक गोल फर्काएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

घरेलु मैदानमा भएको खेलको छैटौं मिनेटमा लाजिओले अग्रता लिएको थियो । कोरेराको पासमा इमोबाइलले गोल गदै लाजिओलाई १–० को अग्रता दिलाए । त्यस्तै २३ औं मिनेटमन डर्टमन्डका मार्विन हिट्जले आत्मघाती गोल गर्दै पहिलो हाफमा लाजिओको अग्रता दोब्बर पारे । 

७१ औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमन्डलाई खेलामा फर्काउने प्रयास गरेका थिए । उनले रियानको पासमा गोल गर्दै गोल अन्तर २–१ मा झारेक थिए । तर, ७६ औं मिनेटमा अक्प्रोले इमोबाइलको पासमा गोल गर्दै लाजिओलाई ३–१ को सहज जित दिलाए । 

Global Ime bank

जितसँगै समूह एफमा रहेको लाजिओले च्यामिपयन्स लिगमा सुखद सुरुवात गरेको छ । यता, पहुना टोली डर्टमन्डले भने नयाँ सिजनको च्याम्पियनस लिगमा हारबाट लिगको सुरुवात गरेको छ । लाजिओले समूहमा तीन अंक जोडेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  ०६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय