अर्थ व्यवसाय
काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि ‘दसैं धमाका’ योजना सार्वजनिक गरेको छ । बैंकले अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकका कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने अफर ल्याएको हो ।
योजनाअनुसार बैंकका कार्ड प्रयोगकर्ताले दराजबाट सामान किन्दा २० प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्छन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले सस्तो ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्छन् । योजना यही १९ असोजदेखि कात्तिक २ गतेसम्म कायम रहने बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७ १६:१०
प्रतिक्रिया दिनुहोस्