देश


काठमाडौं । सरकारले साउदी अरेबिया, कतार र कवेतबाट असोज १५ देखि नियमित उडान सुरु गर्ने भएको छ । पीसीआर परीक्षण सहज रुपमा हुने व्यवस्था नभएका मुलुक भन्दै उक्त देशहरुबाट नियमित उडान हुन सकेको थिएन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले ट्विट गर्दै अक्टोबरको उडान तालिका सार्वजनिक भएको र त्यसमा कतार, साउदी अरेबिया र कुवेत पनि समेटिएको जनाएका हुन् ।
कोभिड १९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । सरकारले भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति दिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७ १८:०६
प्रतिक्रिया दिनुहोस्