देश
![चक्कु प्रहार गरी छोराको हत्या, बाबु पक्राउ](https://12khari.de/uploads/posts/2020-09-15_Pakrau-arest2.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
पर्सा । पर्सामा छोराको हत्या आरोपमा बाबु पक्राउ परेका छन् । ३५ वर्षीय छोरा महादेव साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पोखरीया नगरपालिका ६, सिर्सिया बस्ने ६५ वर्षीय लक्ष्मी साहलाई प्रहरीले पक्राउ गरेको हो ।
घरायसी वादविवादका कारण लक्ष्मीले छोरालाई चक्कु प्रहार गरी घाइते बनाएका थिए । चक्कु प्रहारबाट सख्त घाइते भएका महादेवको नेसनल मेडिकल कलेज वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७ १३:३८
प्रतिक्रिया दिनुहोस्