site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
'जनस्वास्थ्यको मापदण्ड पालना गर्दै कोरोनासँगै जनजीवन अगाडि बढाऔं'
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि गत भदौ ३ गते रातिबाट लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । तर निषेधाज्ञा खुकुलो भए पनि कोरोना संक्रमण भने घटेको छैन् । बिहिबार (आज) मात्र उपत्यकामा ५७२ जनामा कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका ती जिल्लामा हालसम्म १० हजार १२ जना संक्रमित पुगेका छन् । जसमा काठमाडौंमा आठ हजार १०६,भक्तपुरमा ८५२ र ललितपुरमा १ हजार ५४ जनामा कोरोना संक्रमण देखिएको छ । 

कोरोना संक्रमण नघटेपनि जनजीवन सामान्य बनाउँदै लैजान २१ दिन लामो निषेधाज्ञा खुकुलो बनाइएको छ । तर कोरोनाबाट बच्‍ने मापदण्ड पालना नगरेमा संक्रमण झनै फैल्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले निषेधाज्ञा खुकुलो भएको छ तर अझै पनि सरकारी कार्यालयमा भिड , अस्पतालहरुमा भिड घटेन भने कोरोना संक्रमण अझ फैल्ने बताउँछन् । उनका अनुसार भिडलाई वैज्ञानिक रुपमा व्यवस्थापन गरेमा सेवा पनि सजिलै पाउने संक्रमणको दर पनि शून्य बनाउन सकिन्छ ।

Dabur Nepal
NIC Asia

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्नुको मुख्य कारण नै भिड हो । भिडले स्थानिय संक्रमण समेत फैलाएको उनी बताउँछन् उनका अनुसार काठमाडौं भित्रने र बाहिर जानेलाई कडाइ गरियो भने संक्रमण दर घट्छ । “डिर्पाटमेन्ट स्टोरमा लकडाउनअघि जसरी सेवा दिन्थे त्यो सेवामा परिमार्जन गर्नुपर्छ । एउटा ढोकाबाट पसेर अर्को ढोकाबाट निस्कनु मिल्ने प्रकारको हुनुपर्छ जसले गर्दा एक अर्कामा मुखामुख हुनुभएन,” उनले भने,“सामान एल आकारमा बसेर खरिद गर्नुपर्छ ।”

उनका अनुसार सरकारी कार्यालयमा सेवा लिन कोठा कोठामा चार्नुपर्ने समस्याको व्यवस्थापन हुनुपर्ने देखिन्छ । किनभने सेवामा ढिला सुस्ती हुँदा सेवाग्राही यदि कोही व्यक्ति संक्रमित रहेछ भने त त्यो व्यक्ति कोठाकोठामा गएर सेवा लिँदा धेरैमा सर्ने हुन्छ ।  त्यस कारण यस्तो समस्या  सरकारले वैज्ञानिक रुपमा व्यस्थापन गर्न सकेमा कोरोना संक्रमण फैल्ने दर घट्ने उनको भनाइ छ । 

अझै पनि परीक्षणको दायरा साधुरो छ । त्यो फराकिलो हुनुपछ । भिआइपीहरुले पनि एक स्थानबाट अर्को स्थानमाम जाँदा पीसीआर परीक्षण गनुपर्ने उनी बताउँछन्  । कोरोनाको पीसीआर परीक्षण बढी विरामी मर्कामा परेका उनी बताउँछन् । उनका अनुसार पीसीआर गर्नका लागि जुन शुल्क तोकिएको छ । त्यो त सरकारी अस्पतालमा ठुलो अप्रेशन हुने उनले जानकारी दिए । सरकारले कोरोना परीक्षणमा निजी अस्पताल जस्तो कर्मचारी शुल्क नतोकि सस्तोमा गरेमा धेरैलाई राहत धेरैले आफुलाई शंका लाग्दा परीक्षण गर्ने उनले बताए । 

यसैगरी सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक एवम् भाइरोलोजिष्ट डा. शेरबहादुर पुनले दैनिक जिवनयापन सहज बनाउने हो भने कोरोनाबाट बच्‍ने उपाय अनिवार्य पालना गर्नुपर्ने बताउँछन् । उनका अनुसार हामीले दैनिकी आफ्नो तरिकाले भन्दा पनि कोरोनासँग बच्ने तरिकाले सुरु गर्नुपर्ने हुन्छ ।  उनले भने,“कोरोनाबाट बच्न सक्ने उपायहरु लागु गर्न सबैले चाहेमा गर्न सकिन्छ  । तर इच्छा र व्यहारमा लानु  गर्न हामी अटेरी छौँ ।”

अन्य देशहरुमा कोरोना संक्रमण देखिरहेको छ, दैनिकी पनि चलाइरहेका छन्, हामी पनि बच्ने उपायहरु प्रयोग गरेर दैनिक जिवनयापन चलाउन सकिने उनी बताउँछन् । उनका अनुसार सबैले म मास्क मिलाएर अनिवार्य लगाउँछ, भिडभाडमा जादिन्, दूरी कायम गर्छु ,हात धुन्छु भन्ने प्रण गरेमा यो संक्रमण घट्ने उनको सुझाव छ । दुई वा दुई भन्दा बढी मानिसहरु भेला भएको कोठा हावा जाने (भेन्टिलेसन ) भएको हुनुपर्ने उनले जानकारी दिए । 

“कोरोना संक्रमित १४ दिनपछि सर्दैन् । यदि आफूलाई कोरोनाको शंका लागेमा परीक्षण रिपोर्ट  नआउँदासम्म छुटै कोठामा जनस्वास्थ्यको मापदण्ड पालना गरेर बसेमा यदि कोरोना संक्रमण भए पनि फैल्दैन्,” उनले भने, “सर्जिकल तथा मेडिकल मास्क प्वाल नटालेसम्म र नच्यातिएसम्म प्रयोग गर्न सकिने तर पटक-पटक मास्कको बाहिरी भाग छुने गर्नुहुँदैन् ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro