site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फ्रान्सको सहज जित 
Siddhartha BankSiddhartha Bank

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले क्रोएसियामाथि ४–२ गोलको पुनरागमन जित निकाल्न सफल भएको हो । 

घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एन्टोनी ग्रिजम्यान,  डेयोटले र ओलिभर जिरुडले एक–एक गोल गरे । एक गोल फ्रान्सले आत्मघाती उपहार पाएको थियो । उता क्रोएसियाका लागि डजान लोरेन र जोसिप ब्रेकालोले एक–एक गोल गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

खेकलो १६ औँ मिनेटमा डेजानले गोल गर्दै क्रोएसियाका लागि अग्रता दिलाएका थिए । ४३ औँ मिनेटमा फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा डोमिनिक लिभाकोसिभले आत्मघाती गोल गर्दा फ्रान्सले २–१ गोलको अग्रता बनाए । 

पहिलो हाफमा दुई गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । खेलको ६५ औँ मिनेटमा फ्रान्सका लागि डेयोटले गोल गर्दै फ्रान्सलाई ३–२ गोलको अग्रता दिलाए । ७७ मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सलाई ४–२ गोलको जित दिलाए । 

Global Ime bank

जितसँगै समूह सीको फ्रान्सले दुई खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा आफूलाई स्थापित गरेको छ । समान अंक भएको पोर्चुगल शीर्ष स्थानमा छ । पराजित क्रोएसिया चौथो स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement