site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१६ कम्पनीको साढे ४ अर्बको आईपीओ पाइपलाइनमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चालु आर्थिक वर्षमा करिब साढे चार अर्बको आईपीओ पाइपलाइनमा छ । विभिन्‍न क्षेत्रका १६ कम्पनीले चार अर्ब ४५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँबराबरको ४ करोड ४४ लाख ७३ हजार ७४६ कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

बोर्डमा आवेदन दिएका १६ कम्पनीमध्ये ९ वटा जलविद्युत् कम्पनी, १ मर्चेन्ट बैंक, २ बिमा कम्पनी र ४ वटा अन्य कम्पनी छन् । बोर्डले सार्वजनिक निष्कासनका लागि प्राप्त भएका आवेदनहरूको अध्ययन गरिरहेको र केही कम्पनीको आवश्यक कागजात पूरा नभएकाले थप विवरण माग गरिएको बोर्डका प्रवक्ता तथा उपकार्यकारी निर्देशक रुपेश केसी बताउँछन् ।

उपत्यकामा जारी निषेधाज्ञामा पनि बोर्डले काम गरिरहेको र आवश्यक प्रक्रिया पूरा गरेका कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिने प्रक्रिया नरोकिने बोर्डले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

१६ वटा कम्पनीले बोर्डमा आईपीओ निषकासन अनुमति माग गर्दै आवेदन दिएका छन् भन्‍ने अन्य दर्जन बढी संस्थाहरू पनि अनुमति माग्‍ने तयारीमा छन् । २०७४ मा बिमा समितिले अनुमति दिएर व्यावसायिक कारोबार सुरु गरेका ९ वटा र २०७५ मा कारोबार सुरु गरेको महालक्ष्मी लाइफसहित १० वटा लाइफ इन्स्योरेन्सले पनि आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएका छन् ।

त्यसमध्येको एक रिलायन्स लाइफ इन्स्योरेन्सले भने बोर्डबाट अनुमति लिएर भदौ ४ गतेबाटै आईपीओ निष्कासन सुरु गरिसकेको छ । यस्तै आईएमई लाइफ इन्स्योरेन्सले पनि आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिए पनि कम्पनीले एक आर्थिक वर्षको पूरा कारोबार भएको अडिट रिपोर्ट नबुझाएकाले बोर्डले पाइपलाइनमा रहेको सूचीबाट कम्पनीलाई हटाएको थियो । सबैजस्तो जीवन बिमा कम्पनीले आईपीओ निष्कासनका लागि साधारणसभाबाट पारित गरेर रेटिङ गराइसकेका छन् भने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसमेत चयन गरिसकेका छन् ।

Global Ime bank

यस्तै दजनौंको संख्यमा लघुवित्त संस्थाहरूले पनि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बाढाएका छन् । त्यसका लागि साधारणसभाबाट प्रस्ताव पास गरेर रेटिङ गराउने तथा बिक्री प्रबन्धक चयन गर्ने कार्य अगाडि बढाएका छन् । 

त्यस्तै केही जलविद्युत् कम्पनीले पनि विद्युत् नियमन आयोगबाट आईपीओ निष्कासनको स्वीकृति लिएर बोर्डमा आवेदन दिने तयारी गरेका छन् । 

यी हुन् आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनी
नेपाल धितोपत्र बार्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका कम्पनीमा सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स छन् । दुवै कम्पनी आईपीओ निष्कासन अनुमति पाउने अन्तिम चरणमा पुगेका छन् । दुवै कम्पनीले ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति माग गरेका छन् ।

यस्तै मध्य भोटेकोसी जलविद्युत् कम्पनीले पनि स्थानीय आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल १ अर्ब ५० करोडबराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन अनुमति माग्‍दै बोर्डमा आवेदन दिएको छ । सिंगटी हाइड्रोपावरले ४३ करोड ५० लाख रुपैयाँबराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

ग्रिनलाइफ हाइड्रोपावरले स्थानीयलाई बिक्री नभएको १६ लाख ९६ हजार ४० कित्तासहित ३४ करोड ९६ लाख ४० हजार रुपैयाँबराबरको ४३ लाख ९६ हजार ४०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न माग गर्दै बोर्डमा आवेदन दिएको छ । 

मैलुङ खोला जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको ७ लाख ३६ हजार २८६ कित्ता सेयर बिक्रीका लागि बोर्डमा अनुमति माग गरेको छ । सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल क्यापिटलले पनि ३ करोडबराबरको ३ लाख कित्ता आईपीओ बिक्रीका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ। तर कम्पनीले आवश्यक पुँजी जुटाइसकेकाले आईपीओ निष्कासन नगर्ने बताइसके पनि कम्पनीको नाम बोर्डको पाइपलाइनको सूचीमा छ । 

यस्तै चन्द्रागिरि हिल्सले १८ करोड ४० लाख ९१ हजार रुपैयाँबराबरको १८ लाख ४० हजार ९१० कित्ता, इमर्जिङ नेपालले ५ करोड रुपैयाँबराबरको ५ लाख कित्ता, सीईडीबी हाइड्रोपावरले २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको २५ लाख १८ हजार २३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका छन् ।

तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता र शिवम् पावर कम्पनीले ५ करोड ८० लाख ५८ हजार रुपैयाँबराबरको ५ लाख ८० हजार ५८० कित्ता सेयर स्थानीय आयोजना प्रभावित र सर्वसाधारणका लागि बिक्री गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका छन् ।

त्यस्तै डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँबराबरको २३ लाख ८५ हजार ९२९ कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ। विन्धावासिनी हाइड्रोपावरले २५ करोड रुपैयाँबराबरको २५ लाख कित्ता र हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर स्थानीय आयोजना प्रभावित र सर्वसाधारणमा बिक्री गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका छन् ।

१६ वटा कम्पनीमध्ये १५ वटा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ जारी गर्ने अनुमति माग गरे पनि रुरु जलविद्युत् परियोजनाले भने प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १० प्रतिशत प्रिमियम थप गर्दै ८ करोड ९६ लाख ९२ हजार २२० रुपैयाँबराबरको ८ लाख १५ हजार ४११ कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

१६ वटा कम्पनीमध्ये ४ वटा कम्पनीको आवेदनमा प्रारम्भिक अध्ययन भइरहेको, ५ वटा कम्पनीको प्रारम्भिक अध्ययन सकेर थप विवरण माग गरिएको र ७ वटा कम्पनीका थप विवरण पनि अध्ययन भइरहेको बोर्डले जनाएको छ ।
सांकेतिक तस्बिर  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement