site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
टोनी ब्लेयरले भने- कोरोना भाइरस हटाउन सकिँदैन, यससँग बाँच्‍न सिक्नुपर्छ 
SkywellSkywell

लन्डन । बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको नोभेल कोरोना भाइरसलाई हटाउन नसकिने बताएका छन् । 

उनले बेलायतीहरुलाई कोरोना भाइरससँगै बाँच्‍न सिक्‍नुपर्नेसमेत सुझाएका छन् । प्रेस एसोसियसनसँगको अन्तर्वार्ताका क्रममा पूर्वप्रधानमन्त्री ब्लेयरले भने, "बेलायतमा शरद ऋतुसम्म कोभिड-१९ दोहोरिने हुने सम्भावना ५०-५० छ । त्यसका लागि हामी वास्तवमै तयार हुनुपर्छ ।" 

Dabur Nepal
NIC Asia

उनले संक्रमण नियन्त्रणका लागि हरेक सानो सानो कुरामा पनि ध्यान दिन आग्रह गरेका छन् । "यदि कोरोना संक्रमण शरदमा दोहोरिएमा त्यसलाई नियन्त्रण लिन सरकार सक्षम हुनसक्ने गरी तयारी गर्नुपर्छ । अब फेरि मार्च, अप्रिल र मेमा भएकोजस्तो लकडाउको सामना गर्न सकिने अवस्था छैन ।" 

टोनी ब्लेयर इन्स्टिच्युटले बृहत परीक्षण र मास्कको प्रयोगलाई विशेष जोड दिनुपर्ने सुझाएको छ । ब्लेयरले भने, "यदि तपाईं कोरोना लक्षणमा भएका व्यक्तिको मात्रै परीक्षण गर्दै हुनुहुन्छ भने तपाईं लक्षणविहीन र लक्षण देखिन लागेका व्यक्तिहरुलाई छोड्दै हुनुहुन्छ । त्यसले निकै ठूलो समस्या निम्त्याउने छ ।"  -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro