site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीका ८० प्रतिशत सङ्क्रमित निको भए
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यो प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् ।

दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट छ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका दुई जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।  

“शुक्रबार निको हुनेसँगै कर्णालीमा कोरोना उपचार गराएर घर फर्कनेको सङ्ख्या एक हजार १७८ पुगेको छ”, महाशाखा प्रमुख डा. तिवारीले भने, “यसले बाँकी रहेका ३०५ सङ्क्रमितको मनोवल बढेको छ ।” कर्णालीका सङ्क्रमितमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म लक्षण नदेखिएको उनले बताए ।  
    
दैलेख अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणमा नारायण नगरपालिकाका आठ र एक डुङ्गेश्वर गाउँपालिका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १०५ जना स्थानीय सङ्क्रमित यससँगै कर्णालीमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४८३ पुगेको छ । त्यसमध्ये १०५ जना स्थानीय सङ्क्रमित हुन् भने बाँकी सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका हुन् ।
    
महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार स्थानीय सङ्क्रमितमा स्वास्थ्यकर्मी, क्वारेन्टिन र आइसोलेसनमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि रहेका छन् । अधिकृत कँडेलले भने, “२३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधि र अन्य १५ जना स्थानीयमा कोरोना सङ्क्रमण देखिएको छ, तीमध्ये धेरैजसो निको भएर फेरि काममा फर्किसकेका छन् ।” कोरोना सङ्क्रमणका कारण कर्णालीमा हालसम्म छ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २०, २०७७  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro