काठमाडौं । रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका गएका सांसदसहित १५ जनालाई प्रहरीले लाठी प्रहार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि उनीहरुलाई प्रहरीले लाठी प्रहार गरेको हो । न्याय माग्दा आफूहरुमाथि लाठी प्रहार भएको संघर्ष दाहालले जानकारी गराएका छन् ।
उनका अनुसार जीवन परियार, लक्ष्मी परियार, राजकुमार हिङमाङ, टेकबहादुर बिक, रणबहादुर रम्तेल, राम नेपाली, शोभा विश्वकर्मा, दुर्गा बराइली, धर्मराज विडवाल, संघर्ष दाहाल, शर्मीला बागचन, हिक्मत महरा, सुनिता मरिक, लक्ष्मी थापा र नानीमैयाँ पुर्कोटीलाई प्रहरीले गिरफ्तार पनि गरेको छ । लाठी प्रहारपछि सांसद लक्ष्मी परियारको हातमा चोट लागेको दाहालले जानकारी गराए ।