देश
पर्वत । पर्वतमा ११ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ बस्ने १९ वर्षीय विपिन परियार छन् ।
विपिनले ती बालिकालाई बालयौन दुरुपयोग गरेको घटनाको अनुसन्धानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध बालयौन दुरुपयोग अपराध मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७ १५:३८
प्रतिक्रिया दिनुहोस्