देश
दाङ । दाङको भालुबाङका एक युवा झन्डै साढे ५ किलो प्रतिबन्धित लागुऔषध चरेससहित पक्राउ परेका छन् ।
राप्ती गाउँपालिका १, भालुबाङका ३४ वर्षीय राजकुमार पुन ५ किलो २५० ग्राम चरेससहित पक्राउ परेको ५ नम्बर प्रदेश प्रहरीले जनाएको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता राजकुमार बैदवारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका २, शान्तिनगरबाट उनी पक्राउ परेको जानकारी दिए ।
उनी सवार लु.१४प ६४१५ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पुनमाथि थप अनुसन्धान भइरहेको बैदवारले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७ १४:२४
प्रतिक्रिया दिनुहोस्