कठमाडौं । कालीकोटमा ३९ यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट जाँदै गरेको ना.८ख ५१३३ नम्बरको टिपर गेजबजार खण्डमा कर्णालीमा खसेको हो ।
टिपरमा ३९ जना सवार रहेको बताइए पनि केही व्यक्ति बाटोमा ओर्लिएको हुनसक्ने कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको र ६ जना बेपत्ता भएको प्रारम्भिक अनुसन्धानट खुलेको कर्णाली प्रदेशका डीआईजी वसन्तकुमार पन्तले जानकारी दिए ।
चारजनाको घाइते अवस्थामा उद्धार र अन्य सम्पर्कमा आउने त्रम जारी रहेको डीआईजी पन्तले बताए । टिपरमा सवार उनीहरु सबै भारतबाट फर्किएका थिए । उनीहरुलाई होल्डिङ सेन्टरमा लैजाने क्रममा टिपर कर्णालीमा खसेको हो । विस्तृत विवरण आउन बाँकी छ ।