site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
३५ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलबाट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८० ‘घ’ बिक्री गर्न लागेको हो । 

तीन वर्ष अवधि रहेको उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सक्ने नेपाल राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ । 

उक्त ऋणपत्र खरिद गर्न चाहनेले वैशाख ७ गते आइतबर ३ बजेभित्र बोलकबोल पेस गर्नुपर्ने र वैशाख ८ गते निष्कासन हुने राष्ट्र बैंकले जनाएको छ ।

विकास ऋणपत्र २०८० ‘घ’ दिइएको उक्र ऋणपत्रको सावा भुक्तानी २०८० वैशाख ८ गतेभित्र हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । 

उक्त ऋणपत्र बैंकमा धितो राखेर कर्जा लिन सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुने र उक्त ब्याजमा ब्याज कर नलाग्ने राष्ट्र बैंकले जनाएको छ । 

वैशाख ७ गते दिउँसो ३ वजेसम्म उक्त ऋणपत्रमा आवेदन दिन सकिनेछ भने ८ गते उक्त ऋणपत्र निष्कासन हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । उक्त ऋणपत्रको नेप्सेमा दोस्रो बजार कारोबारसमेत हुने राष्ट्र बैैकले जनाएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro