site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन तोलामा चार हजारले बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा शुक्रबार (चैत १) सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको मूल्य एकैदिन तोलामा चार हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७४ हजार ५०० रुपैयाँ कायम छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । यसअघिको उच्च मूल्य गएको फागुन १३ गते तोलामा एक लाख ७१ हजार ३०० रुपैयाँ थियो ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार (फागुन २८) छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च कायम भएको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro