site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘होस्टेल–३’ले एक हप्तामा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । चलचित्र ‘होस्टेल–३’को निर्माणपक्षले एक हप्ताको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । गत शुक्रबार सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रले एक हप्तामा चार करोड ३२ लाख ग्रसकलेक्सन गरेको छ ।

‘होस्टेल–३’ चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त रिपोर्टको आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेका हुन् । 

उनका अनुसार यो चलचित्रले काठमाडौं उपत्यकामा दुई करोड ३० लाख र उपत्यका बाहिर दुई करोड दुई लाख कलेक्सन गरेको छ ।

‘होस्टेल–३’मा प्रवीण खतिवडा, पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायतको मुख्य भूमिका छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro