अर्थ व्यवसाय
काठमाडौं । कोरोना भाइरसका कारण भारतसहित दक्षिण एसियाली देशहरू पछिल्लो ४० वर्षयताकै ठूलो आर्थिक संकटको सिकार हुन सक्ने विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले यी देशको आर्थिक वृद्धिदर १.८ देखि २.८ को बीचमा रहने जनाएको छ । ६ महिना पहिला यी देशको आर्थिक वृद्धिदर ६.३ रहने अनुमान गरिएको थियो ।
भारतमा आर्थिक वृद्धिदर १.५ देखि २.८ रहने अपेक्षा रहेको विश्व बैंकले जनाएको छ । भारतबाहेक नेपाल, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र आफगानिस्तानमा पनि आर्थिक वृद्धिदरमा भारी गिरावट आउने बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।
दक्षिण एसियाका ८ देशमा विश्वको एक चौथाइ जनसंख्या बसोबास गर्छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७ ११:३४
प्रतिक्रिया दिनुहोस्